काठमाडौं : नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सुन तस्करी प्रकरणमा एमालेले उठाएका माग सम्बोधन भए मात्र संसद् सञ्चालन हुने बताएका छन्। शनिबार पर्साको वीरगञ्जमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा महासचिव पोखरेलले संसदमा प्रतिपक्षका कुरा सुन्नै नचाहने, बोल्नै नदिने र कुरा उठाउनसमेत बन्देज लगाउने जस्ता कार्य गरिरहेकाले संसद् अवरुद्ध गर्नुपरेको उनले स्पष्ट पारे। ‘हामीले कुनै जटिल वा अप्ठ्यारो माग राखेका छैनौँ। उच्चस्तरीय छानबिन आयोग बनाउन भनेका हौँ, सत्तापक्षले प्रतिपक