प्रचण्ड प्रधानमन्त्री बनेको ९ महिना पूरा, उपलब्धि के?

काठमाडौँ : पुष्पकमल दाहाल ‘प्रचण्ड’ तेस्रोपटक प्रधानमन्त्री बनेको आज ९ महिना पूरा भएको छ। गत पुस ११ गते प्रधानमन्त्रीमा नियुक्त प्रचण्ड हाल चीनको औपचारिक भ्रमणमा छन्। २०६५ सालमा पहिलो पटक ९ महिना र २०७३ मा दोस्रोपटक प्रधानमन्त्री बन्दा साढे १० महिना कटाएका थिए। २०६५ साल भदौ २ गते पहिलोपटक प्रधानमन्त्री बनेका प्रचण्डले २०६६ वैशाख २० गते तत्कालीन प्रधानसेनापति रुक्मांगद कटवाललाई हटाउन खोज्दा आफैले राजीनामा दिनुपरेको थियो। दोस्रोपटक २०७३ साउन ४ गते प्र