टोकियो ओलम्पिकः अत्यधिक गर्मीका कारण समय तालिका परिवर्तन गर्न जोकोभिचको माग

एजेन्सी। अत्यधिक गर्मीका कारण शीर्ष वरीयताका जोभाक जोकोभिच र ड्यानियल मेदभेदेभले टेनिसको खेल तालिका परिवर्तन गर्न आयोजकसँग अनुरोध गरेका छन्। ‘गोल्डेन स्लाम’ जित्ने लक्ष्यमा रहेका जोकोभिचले आज बोलिभियाका ह्युगो डेलिएनलाई ६–२, ६–२ ले हराए। ३४ वर्षे जोकोभिचले भने,‘अत्यधिक गर्मीले पाखुरा नै गह्रौँ महसुस हुन्छ। शरीरमा पानीको मात्रामा कमी भएको छ। सबै कोर्टमा बत्तीको व्यवस्था भएकाले समय तालिका परिवर्तन गर्नुपर्छ।’