काम खोज्दै विदेश जाने नेपाली ३९ प्रतिशतले घटे, रेमिट्यान्स बढेर ५ खर्ब १५ अर्ब, व्यापार घाटा झण्डै ९ खर्ब

काठमाण्डौ – आर्थिक वर्ष २०७५/७६ को सात महिनामा नेपाल भित्रने रेमिट्यान्स बढेको छ ।

नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको सात महिनाको समीक्षा प्रतिवेदमा चालु आर्थिक वर्षको पहिलो सात महिनामा विदेशबाट ५ खर्ब १५ अर्ब ५५ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ । यो रकम अघिल्लो आर्थिक वर्षको सात महिनाको तुलनामा २८ दशमलब ५ प्रतिशतले धेरै भएको नेपाल राष्ट्र बैैंकले जनाएको छ ।

यस्तै अमेरिकी डलरमा रेमिट्यान्सको आय १६ प्रतिशतले बढेको छ ।  अघिल्लो वर्ष यस्तो आप्रवाह ६.४ प्रतिशतले बढेको थियो ।

सात महिनामा  खुद ट्रान्सफर आय २७.३ प्रतिशतले वृद्धि भएर ५ खर्ब ८६ अर्ब ५५ करोड पुगेको छ । अघिल्लो वर्षको सात महिनामा यस्तो आय ३ प्रतिशतले घटेको थियो ।

राष्ट्र बैंकले निकालेको तथ्याङ्कमा विदेश जाने नेपालीको संख्या पनि ओरालो लागेको देखिएको छ । अन्तिम श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या सात महिनामा ३९.२ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सात महिनामा यस्तो संख्या ४.९प्रतिशतले घटेको थियो ।

यस्तै  पुनः श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या भने सात महिनामा ४.९ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको यसै अवधिमा यस्तो संख्या १.६ प्रतिशतले घटेको थियो ।

व्यापार घाटाको ग्राफ बढ्दो

आर्थिक वर्ष २०७५/७६ को सात महिनामा कुल बस्तु निर्यात ११.५ प्रतिशतले वृद्धि भएर ५३ अर्ब ८ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सात महिनामा यस्तो निर्यात १२.९ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारततर्फ २१.१ प्रतिशत र अन्य देशतर्फ १.४ प्रतिशतले निर्यात वृद्धि भएको छ ।  

चीनतर्फको निर्यातमा ३१.१ प्रतिशतले कमी आएको छ । वस्तुगत आधारमा पोलिस्टर यार्न, जस्तापाता, दलहन, जडीबुटी, ऊनी गलैँचा जुटका सामान लगायतका बस्तुको निर्यात बढेको छ भने अलैँची, छाला, रोजिन, जुत्ता तथा चप्पल, आयुर्वेदिक औषधिलगायतका वस्तुहरुको निर्यात घटेको छ । 

निर्यात केही बढे पनि व्यापार घाटा चुलिँदो रहेको छ । आर्थिक वर्ष २०७५/७६ को सात महिनामा कुल बस्तु आयात २६ प्रतिशतले बढेर ८ खर्ब ३३ अर्ब २७ करोड पुगेको छ । अघिल्लो वर्षको त्यसै अवधिमा यस्तो आयात १८.९ प्रतिशतले बढेको थियो । 

बस्तु आयात गरिने देशका आधारमा भारतबाट भएको आयात २४.८ प्रतिशत, चीनबाट भएको आयात ३६.६ प्रतिशत र अन्य देशबाट भएको आयात २३.२ प्रतिशतले बढेको छ । वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, एम.एस. बिलेट, हवाई जहाज तथा पार्टपुर्जा, तयारी पोशाक, अन्य मेशिनरी तथा पार्टपुर्जालगायतका बस्तुको आयात बढेको छ भने दूरसञ्चारका उपकरण तथा पार्टपुर्जा, सिमेन्ट, कच्चा भटमासको तेल, स्वास्थ्य उपकरण तथा औजार, सुपारीलगायतका बस्तुहरुको आयात घटेको छ ।

आर्थिक वर्ष २०७५/७६ को सात महिनामा कुल बस्तु व्यापार घाटा २७.१ प्रतिशतले बढेर  ७ खर्ब ८० अर्ब १९ करोड रुपैयाँ  पुगेको छ । सात महिनामा निर्यात–आयात अनुपात ६.४ प्रतिशत कायम भएको छ । अघिल्लो वर्षको त्यसै अवधिमा यो अनुपात ७.२ प्रतिशत रहेको थियो ।

सरकारी खर्च पोहोरको भन्दा कम

आर्थिक वर्ष २०७५/७६ को सात महिनामा बैंकिङ कारोबारमा आधारित सरकारको वित्त स्थिति ५७ अर्ब ७४ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सात महिनामा सरकारी वित्त स्थिति २६ अर्ब ४७ करोडले घाटामा रहेको थियो ।

यस्तै साउनदेखि माघसम्मको सात महिना बैंकिङ कारोबारमा आधारित संघीय सरकारको कुल खर्च ४ खर्ब १५ अर्ब ५१ करोड पुगेको छ ।

अघिल्लो वर्षको सात महिनामा कुल सरकारी खर्च ४ खर्ब  २८ अर्ब ८८ करोड रुपैयाँ रहेको थियो । सात महिनमा संघीय सरकारले संकलन गरेको राजस्व (प्रदेश तथा स्थानीय तहमा बाँडफाँड हुने रकम समेत) २२.१ प्रतिशतले वृद्धि भएर ४ खर्ब ६५ अर्ब ७४ करोड पुगेको छ । 

सम्बन्धित सामग्री

६ महिनामा झण्डै पाँच खर्ब रेमिट्यान्स भित्रियो, विदेश जाने ७३ प्रतिशतले घटे

काठमाण्डाै – चालु आर्थिक वर्षको पहिलो ६ महिनामा झण्डै पाँच खर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । साउनदेखि पुससम्म चार खर्ब ९५ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।  यो गएकाे वर्षको पहिलो ६ महिनाको तुलनामा ११ दशमलव १ प्रतिशतले धेरै हो । अमेरिकी डलरमा भित्रने रेमिट्यान्स ६ दशमलव ७ प्रति...

उज्यालो अनलाइन

चार महिनामा ३ खर्ब ३७ अर्ब रेमिट्यान्स भित्रियो, विदेश जाने ७० प्रतिशतले घटे

काठमाण्डाै – कोरोना महामारीको बीचमा पनि रेमिट्यान्स ११ प्रतिशतभन्दा धेरैले बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको साउनदेखि कात्तिकसम्मको चार महिनामा तीन खर्ब ३७ अर्ब ७२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । यो गएकाे वर्षको पहिलो चार महिनाको तुलनामा ११ दशमलव २ प्रतिशतले धेरै हो । अमेरिकी डलरम...

उज्यालो अनलाइन

रेमिट्यान्समा देखिएन कोरोनाको असर, ३ महिनामा २ खर्ब ५८ अर्ब रुपैयाँ भित्रियो

काठमाण्डौ – कोरोना भाइरसको महामारीका कारण ठूलो असर पुग्ने अनुमान विपरीत रेमिट्यान्स बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पहिलो तीन महिनामा रेमिट्यान्स १२ दशमलव ६ प्रतिशतले बढेर दुई खर्ब ५८ अर्ब ८६ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको पहिलो तीन महिनामा रेमिट्यान्स ५ दशमलव १ प्रतिशतले घटेको...

उज्यालो अनलाइन

रेमिट्यान्स ४५ अर्बले घट्यो

चालू आर्थिक वर्षको १० महिना अर्थात वैशाखसम्ममा स्वदेश भित्रिने रेमिट्यान्स गत आर्थिक वर्षको वैशाखसम्मको तुलनामा ६.१ प्रतिशतले अर्थात् करिब ४५ अर्बले घटेको छ । गत आर्थिक वर्षको वैशाखसम्ममा ७ खर्ब २५ अर्ब ३० करोड रेमिट्यान्स नेपाल भित्रिएकोमा चालू आर्थिक वर्षको वैशाखसम्ममा जम्मा ६ खर्ब ८० अर्ब ८४ करोड रुपैयाँमात्र भित्रिएको नेपाल राष्ट्र बैकले जनाएको छ । गत आर्थिक वर्षको वैशाखमा विप्रेषण आप्रवाह १९.६ प्रतिशतले बढेको थियो । चालू आवको १० महिनामा अमेरिकी डलरमा विप्रेषण आप्रवाह ७.४ प्रतिशतले घटेको छ ।

कारोबार दैनिक

वैदेशिक सहायता झण्डै ९ प्रतिशतले कमि

नेपाल सरकारले प्राप्त गर्ने वैदेशिक सहायता झण्डै ९ प्रतिशतले घटेको छ । अर्थ मन्त्रालयको अनुसार चालू आर्थिक वर्षको चैत महिनासम्म विकास साझेदारहरुबाट प्राप्त वैदेशिक सहायता अघिल्लो आर्थिक वर्षको तुलनामा ८.९ प्रतिशतले घटेको हो । विभिन्न विकास साझेदारहरुबाट चालू आर्थिक वर्षको चैत महिनासम्म १ खर्ब १८ अर्ब ८१ करोड बराबरको सहयोग प्राप्त भएको छ । जसमध्ये ऋण सहायता १ खर्ब २ खर्ब ६२ करोड र अनुदान सहायता १६ अर्ब १९ करोड रहेको छ ।

कारोबार दैनिक

बढ्न थाल्यो रेमिटेन्स

वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या बढेसँगै चालू आर्थिक वर्षको ६ महिनामै ४ खर्ब ४७ अर्ब २६ करोड रुपैयाँ नेपाल भित्रिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्ष २०७६÷०७७ को अर्धवार्षिक समयमा मात्र उक्त रकम नेपाल भित्रिएको राष्ट्र बैंकले जनाएको छ । गत आर्थिक वर्षको ६ महिनामा ८ खर्ब ७९ अर्ब २७ करोड रुपैयाँ भित्रिएको थियो । त्यस्तै आर्थिक वर्ष २०७४÷०७५ मा ७ खर्ब ५५ अर्ब ५ करोड रुपैयाँ रेमिटान्स नेपाल भित्रिएको थियो । यस्तै, अमेरिकी डलरमा विप्रेषण आप्रवाह १.३ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षको ६ महिनामा यस्तो आप्रवाह १७.६ प्रतिशतले बढेको थियो ।