काठमाडौं, २५ फागुन । प्रधान सेनापति महारथी प्रभुराम शर्मा र नेपालका लागि मित्रराष्ट्र बंगलादेशका राजदूत सल्लाहुदिन नोमन चौधरीबीच आज जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता भएको छ । जंगी अड्डा, भद्रकालीस्थित प्रधान सेनापति महारथी शर्माको कार्यकक्षमा भएको उक्त भेटघाटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो । नेपाली सेनाले यस किसिमको भेटघाटले दुई […]