काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच २०७५ जेठ २ मा फर्किएर पार्टीभित्र देखापरेका समस्याको समाधान खोज्ने सहमति भएको छ । शुक्रबार साँझ सिंहदरबारमा भएको छलफलमा नेताहरुबीच उक्त सहमति भएको हो । एमाले नेता गोकर्ण विष्टले अध्यक्ष ओली र वरिष्ठ नेता नेपालसहित अन्य नेताहरुबीचको छलफलमा सो सहमति भएको बताएका छन् ।नेता विष्टले छलफल सकिएलगत्तै सामाजिक सञ्जालमार्फत नेताहरुबीचको छलफलमा २०७५ जेठ २ मा फर्किएर पार्टीभित्र देखापरेका समस्याको समाधान खोज्ने सहमति