चिकित्सा शिक्षा आयोगका उपाध्यक्षको गाडी तोडफोड गरेको आरोपमा ५ जना पक्राउ

 चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा.डा. श्रीकृष्ण गिरी चढेको गाडी तोडफोड गरेको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । माघ १३ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पछाडी चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा.डा. गिरी चढेको गाडीमा अज्ञात समूहले ढुंगा हानेका थिए ।गाडी तोडफोड गर्नेहरुलाई महानगरीय प्रहरी वृत नयाँ बानेश्वरमा राखिएको छ । पक्राउ गरेको १ साता बितेको छ । तर, प्रहरीले आरोपीहरुको नाम सार्वजनिक गरेको छैन् । महानगरीय प्रहरी प्रहरी परिसर काठमाडौंका एसएसपी सुदिप गिरीले अनुसन्धान जारी