बालेनले लगाइदिएको ‘श्रीपेच’ विवादमा, अभियन्ता भन्छन्- यो र्‍याप ब्याटल जितेर पाउने मुकुट होइन

काठमाडौं । र्‍याप गायनमा आधारित टीभी रियालिटी शो ‘नेपहपको श्रीपेच’का विजेतालाई प्रदान गरिएको मुकुट विवादमा परेको छ । शनिबार शोका विजेता भाइबर साइमनलाई निर्णायक समेत रहेका काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले उक्त मुकुट लगाइदिएका थिए । यो मुकुट बज्रयान बुद्धधर्म अनुसार गुरुबाट बज्राचार्य अभिषेक पाएपछि लगाउने मुकुट भन्दै संस्कृति तथा सम्पदा अभियन्ताले विरोध गरेका छन् […]