बोक्सीको आरोपमा महिलामाथि कुटपिट गरेको आरोपमा युवक पक्राउ

सिरहा । सिराहामा बोक्सी आरोपमा महिलालाई कुटपिट गरी यातना दिइएको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । औरही गाउँपालिका–५ की ५० वर्षीय हिरादेवी साहलाई बोक्सीको आरोपमा कुटपिट गरी जबर्जस्ती मलमूत्र कोच्याएको आरोपमा २९ वर्षीय घुरन साहलाई प्रहरीले पक्राउ गरेको  हो । घुरन हिरादेवीका आफ्नै भतिजा हुन् । घटनाको विषयमा आधिकारीक जानकारी वा उजुरी नआएको भन्दै पीडित महिलालाई जिल्लामा ल्याउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी सुदिप राजभण्डारीले जानकारी दिए । उनले भन

सम्बन्धित सामग्री

भरुवा बन्दुक देखाएर श्रीमती कुट्ने युवक पक्राउ

मोरङमा एक युवक भरुवा बन्दुकसहित पक्राउ परेका छन् । उर्लाबारी नगरपालिका-२ सिमसार टोल बस्ने ३१ वर्षीय दीपक विश्वकर्मालाई १ थान अवैध भरुवा बन्दुकसहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । मादक पदार्थ सेवन गरी दीपकले आफ्नो घरमा रहेको भरुवा बन्दुक निकाली श्रीमतीलाई डर त्रास देखाई कुटपिट गरिरहेको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी चौकी मंगलबारेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

कैलालीमा हत्कडीसहित भागेका युवक पक्राउ

११ भदौ, धनगढी । कैलालीमा हत्कडीसहित भागेका युवकलाई प्रहरीले पक्राउ गरेको छ । आफ्नै बुवालाई कुटपिट गरेको आरोपमा प्रहरीले घरबाट नियन्त्रणमा लिने क्रममा हत्कडीसहित भागेका जोशीपुर गाउँपालिका–४ वाणीका २८ वर्षीय शंकर चौधरीलाई प्रहरीले फेरि पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीकाअनुसार चौधरीलाई जोशीपुर गाउँपालिका–४ कै हसानापुर क्षेत्रबाट पक्राउ […]

सुर्खेतमा आमाको हत्या गरेको आरोपमा युवक पक्राउ

२४ माघ, कर्णाली (सुर्खेत) । सुर्खेतको वीरेन्द्रनगर-२ खोलीगाउँमा आफ्नै आमालाई कुटपिट गरी हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् । ५७ वर्षीया आमा शान्ति थापालाई घाइते बनाइ फरार रहेको अवस्थामा प्रहरीले सोही ठाउँका ३० वर्षीय रमेशबहादुर थापालाई बाँकेको कोहलपुरबाट पक्राउ गरेको हो । रमेशले आमालाई शनिबार घर नजिकको खेतमा कुटपिट गरी घाइते बनाएको र […]

हत्या आरोपमा युवक पक्राउ

बझाङको जयपृथ्वी नगरपालिका–७ बाट प्रहरीले हत्या आरोपमा एकजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा २३ वर्षीय दिपेन्द्र थापा छन् । ४६ वर्षका स्थानिय पिरु भण्डारीको हत्या गरेको आरोपमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । रोजगारका लागी भारत जाँदै गरेका छोरालाई गाडी चढाएर फर्किँदा मृतक भण्डारीले युवकसँग विवाद गरेका थिए ।दिपेन्द्र थापाको पानी घट्टमा विवाद हुँदा कुटपिट गरेर धकेलेको र पछारिएर घाइते भएका भण्डारीको उपचारको क्रममा जिल्ला अस्पताल बझाङमा मृत्यु भएको प्रहरीको प

मामाको हत्या गर्ने भान्जा पक्राउ

काठमाडौँमा आफ्नै मामाको हत्या गरेको आरोपमा एक जना युवक पक्राउ परेका छन् । चन्द्रागिरि नगरपालिका–५ बस्ने ३१ वर्षीय राजु पुलामी मगरको हत्या गरेको आरोपमा उनको भान्जा १९ वर्षीय मिलन लुङगेनी मगरलाई प्रहरीले पक्राउ परेको हो ।महानगरीय अपराध महाशाखाका प्रहरी उपरीक्षक कृष्णप्रसाद पगेनीका अनुसार गत मङ्सिर ८ गते लुङगेनीले सँगै बस्ने मगरलाई कुटपिट गरेका थिए । कुटपिट पछि घाइते भएका मगरको उपचारको क्रममा मृत्यु भएको थियो । लुङगेनीलाई धादिङको थाक्रेबाट पक्राउ गरिएको पगेनीको भनाइ छ ।

बोक्सीका आरोपमा महिलालाई कुटपिट गरेको अभियोगमा एक युवक पक्राउ

दलित महिलालाई कुटपिट गरेका आरोपमा प्रहरीले सिरहाका एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कल्याणपुर नगरपालिका– १० पर्चिलवाका  रामविलाश यादव छन् ।कल्याणपुर– १० का ५३ वर्षीया सेमादेवी चमारलाई बोक्सी आरोपमा यादवले कुटपिट गरेको आरोप लगाइएको छ ।  पीडितका जाहेरीका आधारमा यादवलाई कल्याणपुर बजारबाट पक्राउ गरेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरीक्षक राजेन्द्र श्रेष्ठले जानकारी दिए । महिलाले बोक्सीको आरोप लगाई कुटपिट गर्दै अमानवीय अपमानजनक व्यवहार गरेको जनाउँदै या

बोक्सीको आरोपमा दलित महिलालाई कुटपिट गर्ने युवक पक्राउ

सिरा – सिरामा बोक्सीको आरोपमा दलित महिलालाई कुटपिट गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । सिरहाको कल्याणपुर नगरपालिका- १० पर्चिलवाका ५३ वर्षीया सेमादेवी चमारलाई बोक्सीको आरोप लगाएर कुटपिट गरेको आरोपमा प्रहरीले स्थानीय युवक रामविलाश यादवलाई पक्राउ गरेको हो । व्यक्तिगत रिसिइबीका कारण यादवले महिलालाई बोक्सीको आरोप लगाउँदै कुटपिट गरेको जाहेरीको आधारमा यादवलाई कल्याणपुर […]

यौन दुर्व्यवहार गरेको अभियोगमा युवक पक्राउ

मोरङ, २१ जेठ । महिलालाई यौन दुर्व्यवहार गरेको अभियोगमा युवक पक्राउ परेका छन् । पच्चीस वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको अभियोगमा बुढीगंगा गाउँपालिका–२ बस्ने २४ वर्षीया सरोज कुमार साहलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो । ती महिलालाई साहले पटक–पटक यौन दुर्व्यवहार गरी कुटपिट समेत गरेको खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको […]

हत्या आरोपमा चार युवक पक्राउ

सप्तरीको रुपनी गाउँपालिका–१ रायपुरका ५२ वर्षीय रामदल यादवको हत्या आरोपमा प्रहरीले सोही ठाउँका चार युवकलाई आज पक्राउ गरेको छ । धारिलो हतियारले निर्घात कुटपिट गरेर हत्या गरेको आरोपमा प्रहरीले अनुसन्धानका क्रममा मनोज यादव, विनय यादव, मुकेश यादव र मुकेश पासवानलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।     कुटपिटबाट गम्भीर घाइते यादवको गोल्डेन अस्पताल विराटनगरमा उपचारका क्रममा आज मृत्यु भएको अस्पतालले जनाएको छ । गाउँपालिकास्थित युनिक अस्पतालले रेफर गरेपछि रामद

किशोरीलाई बलात्कार प्रयास गर्ने युवक पक्राउ

राँझा । विद्यालयबाट घर फर्किँदै गरेकी १६ वर्षीय किशोरीलाई बलात्कार प्रयास असफल भएपछि कुटपिट गर्ने युवकलाई जिल्ला प्रहरी कार्यालय बाँकेले पक्राउ गरेको छ । बलात्कार प्रयास गर्दा किशोरीले नमानेपछि मराणाशन्न हुनेगरी कुटपिट गरेर फरार भएका नेपालगञ्ज उपमहानगरपालिका– ४ निवासी २० वर्षीय युवक जुनैद हल्वाइलाई प्रहरीले भारतबाट पक्राउ गरेको प्रहरी उपरीक्षक ओमबहादुर रानाले जानकारी दिए ।उनका अनुसार नेपालगञ्जस्थित एक सामुदायिक विद्यालयमा कक्षा ९ मा पढ्ने किशोरीलाई हल्वाइले गत माघ १६ गते विद्यालयबाट फर्किर