संसद गतिरोध अन्त्य गर्न प्रमुख प्रतिपक्षी सकारात्मक छ : मन्त्री बडू

काठमाडौं : कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले संसदको गतिरोध अन्त्य गर्न गरेको आग्रहमा प्रमुख प्रतिपक्षी एमाले सकारात्मक भएको बताएका छन्। प्रतिनिधिसभाको आइतबार बसेको बैठकपछि सञ्चारकर्मीसँग उनले संसद सञ्चालनमा एमाले सकारात्मक देखिएको बताएका हुन्।उनले संसदको गतिरोध अन्त्य गर्न प्रमुख प्रतिपक्षी एमालेलाई आग्रह गरिरहेको उल्लेख गरे। एमालेले पनि आग्रहलाई गम्भीरतापूर्वक लिएको उनले बताए। यसका लागि संसदको अवरोध हटाउन र बैठकमा सहभागी हुन एमालेसँग आग्रह गरेको उनक