रोल्पा, चितवन र काभ्रेमा सवारी दुर्घटना, ३ जनाको मृत्यु

काठमाडौं : तीन जिल्लाका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ।रोल्पा, रोल्पा नगरपालिका-२ कालोपहिरास्थित सडकमा रा.२ प ८८५२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार साँझ दुर्घटना हुँदा चालक सोही नगरपालिका-६ कोटगाउँ बस्ने २२ वर्षीय उमेश बाठा मगरको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल रेउघामा उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार एक जनाको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भईरहेको छ।चितवन, भरतपुर महानगरपालिका-४ स