जानकी मेडिकल कलेजमा प्रवेश परीक्षाविनै एमबिबिएस पढाइ

धनुषा : जनकपुरस्थित जानकी मेडिकल कलेजले चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) लाई ढाँटेर ३४ भारतीय विद्यार्थीलाई एमबीबीएस कक्षामा भर्ना गरेको खुलेको छ। पहिलो वर्षको परीक्षाका लागि आईओएममा फर्म पुगेपछि ती भारतीय विद्यार्थी प्रवेश परीक्षामै सामेल नभएको पाइएको हो। 

एमबीबीएस अध्ययनका लागि नेपाल आउने विदेशी विद्यार्थी तथा विदेश जाने नेपाली विद्यार्थीले आईओएमले लिने प्रवेश परीक्षामा उत्तीर्ण हुनैपर्ने प्रावधान छ। तर ती ३४ विद्यार्थीले प्रवेश परीक्षा नै दिएका छैनन्।

कलेजले प्रक्रिया मिचेर उनीहरूको भर्ना लिएकोमा आईओएमले पुस ५ देखि हुने एमबीबीएस पहिलो वर्षको परीक्षाबाट वञ्चित गरेको समाचार कान्तिपुर दैनिकमा छ। जानकी मेडिकल कलेजले एमबीबीएस प्रथम वर्षको अन्तिम परीक्षाका लागि ८० विद्यार्थीको फर्म आईओएमलाई पठाएको थियो।

‘जानकी मेडिकल कलेजमा एमबीबीएस पहिलो वर्षमा ४६ विद्यार्थी अध्ययन गरिरहेको तथ्यांक मात्र हामीसँग छ,’ आईओएमका डिन डा. जगदीशप्रसाद अग्रवालले भने, ‘बाँकी विद्यार्थीलाई हामी चिनेका छैनौं ।’ जानकी मेडिकल कलेजका कार्यकारी प्रमुख धनध्वज मल्ल ठकुरीले परीक्षाका लागि पठाइएका ८० विद्यार्थीको फर्ममध्ये ३४ जनाको अस्वीकृत भएको स्विकारे। कलेजको एमबीबीएसको यो १३ औं ब्याच हो।

सम्बन्धित सामग्री

एमबीबीएस र बीडीएसमा भर्ना अन्योल

त्रिभुवन विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयले चिकित्सा शिक्षा अन्तर्गत एमबीबीएस र बीडीएस तहको प्रवेश परीक्षाको नतिजा सार्वजनिक गरेसँगै निजी मेडिकल कलेजमा भर्ना अन्योल देखा परेको छ । एशोसिएशन अफ प्राइभेट मेडिकल एण्ड डेण्टल कलेज अफ नेपालले यथास्थितिमा ती तहमा नयाँ भर्ना नलिने घोषणा गरेसँगै निजी मेडिकल कलेजमा भर्ना अन्योल देखिएको हो ।

कारोबार दैनिक

एमबिबिएस अध्ययनरत शिशिर खनाल कीर्तिपुरको जंगलमा मृत फेला

काठमाडौं - काठमाडौं मेडिकल कलेजमा एमबिबिएस अध्ययनरत एक विद्यार्थी मृत फेला परेका छन्। एमबिबिएस चौँथो वर्षको परीक्षा दिएर बसेका शिशिर खनाल कीर्तिपुरको जंगलमा मृत फेला परेका हुन्। खनाल...

आइओएमलाई ढाँटेर प्रवेश परीक्षाबिनै एमबिबिएस पढाउँदै जानकी मेडिकल कलेज

धनुषा । जनकपुरस्थित जानकी मेडिकल कलेजले चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) लाई ढाँटेर ३४ भारतीय विद्यार्थीलाई एमबीबीएस कक्षामा भर्ना गरेको खुलेको छ। पहिलो वर्षको परीक्षाका लागि आईओएममा फर्म पुगेपछि ती भारतीय विद्यार्थी ...

नेपाल आज

एमबीबीएस अध्ययन शुल्क बढेन, बढी लिने कलेजले फिर्ता गर्नुपर्ने

२८ असोज, काठमाडौं । सरकारले एमबीबीएस अध्ययन शुल्क नबढाउने निर्णय गरेको छ । साथै कुनै कलेजले विद्यार्थीहरुबाट बढी रकम लिएको भए फिर्ता गर्नु पर्ने मन्त्रिपरिषद्को निर्णय छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले एमबीबीएस अध्ययनको शुल्क नबढाउने …

अनलाइनखबर

‘रुममेट’ गुमाएको पीडा कसरी भनौं ?

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मंगलबार भएको युएस बांगला एयरवेजको विमान दुर्घटनामा बंगलादेशमा एमबिबिएस अध्ययन सकेर फर्केका विद्यार्थी पनि परे । तीमध्ये केहीको मृत्यु भयो भने अरु घाइते भएर उपचाररत छन् । एमबिबिएसको अन्तिम परीक्षा सकेर घर फर्केका विद्यार्थीको मृत्युको शोकमा ती अध्ययनरत कलेजमा तीन दिन पठनपाठन बन्द गरिएको छ । दुर्घटनामा परेका विद्यार्थी बंगलादेशको सिलेट सहरस्थित जललावाद राजीव रबेया मेडिकल कलेजमा अध्ययनरत थिए । कलेजका १३ विद्यार्थी एमबिबिएस अध्ययन सकेर दुईमहिने बिदामा घर फर्कंदै थिए । बिदापछि कलेज फर्केर एकवर्षे इन्टर्नसिप गर्ने विद्यार्थीको तालिका थियो । पाँच वर्षभन्दा बढी समय एउटै कोठामा बसेको साथी गुमाउनुपर्दा मन थाम्नै गाह्रो भएको विद्यार्थी सुवास आचार्यले बताए।

Nagarik