विश्वका अधिकांश ठूला सहरको एउटा प्रमुख समस्या हो, ट्राफिक जाम । वर्ल्ड इकनमिक फोरमका अनुसार रुसको मस्को, भारतको मुम्बई, कोलम्बियाको बोगोटा र फिलिपिन्सको मनिला ट्राफिक जामले सबैभन्दा बढी आक्रान्त सहर हुन् । जनसंख्या र सवारी संख्याको वृद्धिको व्यवस्थापनमा चुक्दा ट्राफिक जाम जन्मिने हो ।