औषधिमै बाहिरिन्छ बर्सेनि २७ अर्ब

काठमाडौं : नेपाल पछिल्लो चार महिनाको अवधिका ५० देशबाट १० अर्ब रुपैयाँ बराबरको औषधि आयात गरेको छ। चालू आर्थिक वर्षको पहिलो चौमासिकमा १० अर्ब २८ करोड रुपैयाँको औषधिजन्य वस्तु आयात गरिएको भन्सार विभागले जनाएको छ।

राजधानी दैनिकमा प्रकाशित समाचारमा आर्थिक वर्ष २०७४ ७५ मा मात्रै २७ अर्ब २७ करोड ७९ लाख रुपैयाँ बराबरको औषधि आयात भएको छ। चालू आर्थिक वर्षमा सबैभन्दा धेरै भारतबाट सात अर्ब ८६ करोड ८७ लाख रुपैयाँको औषधि आयात भएको छ। 

आयात हुने देशको ५० प्रतिशतभन्दा बढी औषधिजन्य वस्तु भारतबाट आयात हुने गरेको भन्सार विभागको तथ्यांकले देखाउँछ। तर, औषधि व्यवस्था विभागबाट बजार अनुगमनका क्रममा संकलन गरिएका औषधिको नमुना परीक्षण गर्दा भारतबाट आयात भएको औषधिमा कैफियत देखिने गरेको छ।

सम्बन्धित सामग्री

५७ अर्बको खाद्यान्न आयात

मुलुकमा पछिल्लो एक वर्षमा ५७ अर्ब रुपैयाँ बराबरको खाद्यान्न आयात भएको छ । स्थानीय उत्पादनले माग धान्न नसकेपछि गएको वर्ष सो रकम बराबरको खाद्यान्न आयात भएको हो । आर्थिक वर्ष २०७६-७७ मा चामल, गहुँ, मकै, कोदो र जौ गरेर ५६ अर्ब ८८ करोड ४३ लाख ७ हजार रुपैयाँको आयात भएको भन्सार विभागको तथ्यांक छ । सो अवधिमा ३३ अर्ब रुपैयाँको चामल मात्र आयात भएको छ । आर्थिक वर्ष २०७५-०७६ मा ५१ अर्ब ८० करोड रुपैयाँको खाद्यान्न आयात भएको थियो । अघिल्लो वर्षको तुलनामा ५ अर्ब रुपैयाँ बराबरको खाद्यान्न बढी आयात भएको भन्सार विभागको तथ्यांक छ ।

कारोबार दैनिक

लकडाउनको अवधिमा ६ अर्बको औषधी आयात

काठमाडौं : गत चैत ११ गतेदेखि जारी बन्दाबन्दीको अवधिमा रु ६ अर्ब बराबरको औषधि आयात भएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले हालै सार्वजनिक गरेको तथ्याङ्कअनुसार सो अवधिमा  पाँच अर्ब ९० करोड ९६ लाख १० हजार बराबरको तयारी औषधि र कच्चा पदार्थको आयात भएको हो।  सो अवधिमा रु चार अर्ब ५७ करोड २९ ला ९३ हजार ...

थाहा खबर

लकडाउनमा ३ लाख टन खाद्यान्न आयात

लकडाउनको ८३ दिनमा ६ अर्ब रुपैयाँ बराबरको औषधि र औषधि उद्योगको कच्चा पदार्थ आयात भएको छ । यस अवधिमा ३ लाख १२ हजार ८८१ टन खाद्यान्न आयात भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार जेठ ३२ गतेसम्म ५ अर्ब ९० करोड ९६ लाख रुपैयाँ बराबरको औषधि तथा औषधिको कच्चा पदार्थ आयात भएको हो । यस अवधिमा १ अर्ब ३३ करोड ६६ लाख १७ हजार रुपैयाँबराबरको औषधिको कच्चा पदार्थ र ४ अर्ब ५७ करोड २९ लाख ९३ हजार रुपैयाँको तयारी औषधिको आयात भएको छ ।

कारोबार दैनिक

लकडाउनमा साढे तीन अर्बको औषधी आयात

दुई महिनाको अवधिमा साढे तीन अर्ब रुपैयाँ बराबरको औषधी आयात भएको छ । लकडाउन सुरु भएदेखि गत शुक्रबारसम्म तीन अर्ब ४८ करोड १३ लाख १३ हजार रुपैयाँ बराबरको औषधी आयात भएको हो । कोरोनाको संक्रमण नियन्त्रण गर्नका लागि ११ चैत देखि लकडाउन सुरु भएको थियो । ६७ करोड ३६ लाख ५६ हजार रुपैयाँको औषधीको कच्चा पदार्थ र २ अर्ब ८० करोड ७६ लाख ५७ हजार रुपैयाँ तयारी औषधी आयात भएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जानकारी दिएको छ । औषधीको कच्चा पदार्थको आयातमा १ सय ९८ प्रतिशत र तयारी आौषधीको आयातमा ५७ प्रतिशतले बढेको छ ।

कारोबार दैनिक

पौने तीन अर्बको औषधि आयात

लकडाउन सुरु भएपछिको ४० औैं दिनमा करीब पौने तीन अर्ब बराबरको तयारी औषधि आयात भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आइतबार सार्वजनिक गरेको तथ्यांकानुसार बन्दाबन्दीपछि हालसम्म एक अर्ब ६९ करोड ५४ लाख ४८ हजार बराबरको तयारी औषधि र ३४ करोड १९ लाख ७८ हजार बराबरको औषधिको कच्चा पदार्थ आयात भएको छ ।

कारोबार दैनिक

लकडाउनमा पौने तीन अर्बको औषधि आयात

काठमाडौं : लकडाउन शुरु भएपछिको ४० औैँ दिनमा  करीब पौने तीन अर्ब बराबरको तयारी औषधि आयात भएको छ।  उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आइतबार सार्वजनिक गरेको तथ्यांकानुसार बन्दाबन्दीपछि हालसम्म  एक अर्ब ६९ करोड ५४ लाख ४८ हजार बराबरको तयारी औषधि र  ३४ करोड १९ लाख ७८ हजार बराबरको औषधिको कच्च...

थाहा खबर

रु पौने तीन अर्बको औषधि आयात

लकडाउन शुरु भएपछिको ४० औैँ दिनमा करीब रु पौने तीन अर्ब बराबरको तयारी औषधि आयात भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आइतबार सार्वजनिक गरेको तथ्यांकानुसार बन्दाबन्दीपछि हालसम्म रु एक अर्ब ६९ करोड ५४ लाख ४८ हजार बराबरको तयारी औषधि र रु ३४ करोड १९ लाख ७८ हजार बराबरको औषधिको कच्चा पदार्थ आयात भएको छ ।

गोरखापत्र

नौ महिनामा भित्रियो झण्डै २२ अर्ब रुपैयाँको औषधी : पोहोरको तुलनामा कम

 काठमाण्डौ - चालु आर्थिक वर्षको नौ महिना अर्थात साउनदेखि चैतसम्म झण्डै २२ अर्ब रुपैयाँको औषधी आयात भएको छ । भन्सार विभागका अनुसार नौ महिनामा २१ अर्ब ९७ करोड ६४ लाख रुपैयाँको औषधी र यसको कच्चा पदार्थ आयात भएको छ । पछिल्लो एक महिनामा मात्रै १ अर्ब ३५ करोड रुपैयाँको औषधी र कच्चा पदार्थ आयात भएको छ । फागुनसम्म २० अर्ब ५...

उज्यालो अनलाइन

८ महिनामा औषधि मात्र झण्डै २० अर्बको आयात

१४ जेठ, काठमाडौं । पछिल्लो ८ महिनामा मात्र झण्डै २० अर्बको औषधि आयात भएको पाइएको छ । र, आयात विगतका वर्षहरुमा भन्दा बढ्दो दरमा छ । आर्थिक सर्वेक्षण ०७४/७५ अनुसार चालु आर्थिक वर्ष ०७४/७५ को प्रथम आठ महिनामा भारत, चीन र तेश्रो मुलुकबाट नेपालमा कुल १९ अर्ब ८७ करोड रुपैयाँ बराबरको …

अनलाइनखबर