‘प्रचण्डमाथि अभद्र व्यवहार भएको छैन’

चितवन – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि चितवनमा कुनै किसिमको अभद्र व्यवहार नभएको उहाँको सचिवालयले जनाएको छ । 

दाहालका प्रेस संयोजक विष्णु सापकोटाका अनुसार बुधबार र बिहीबार दाहालको चितवनमा विभिन्न कार्यक्रम भएको भए पनि कुनै किसिमको अभद्र व्यवहार र अप्रिय घटना भएको छैन । 

आज बिहान भरतपुर महानगरपालिका–२३ कृष्णचोकमा पार्टी प्रवेशका क्रममा एक जना व्यक्ति मदिरा सेवन गरी कार्यक्रमस्थल बाहिर सामान्य हल्ला गरेको र उनलाई सुरक्षाकर्मीले सम्झाई बुझाई पठाएको उहाँले बताउनुभयो । 

यही सामान्य विषयलाई अतिरञ्जित गरी केही सञ्चारमाध्यमले समाचारसमेत प्रकाशित गरेकामा सचिवालयको गम्भीर ध्यानाकर्षण भएको उहाँले बताउनुभयो । जनयुद्ध र योद्धाको समेत अपमान हुने गरी कपोलकल्पित र भ्रमित तवरले प्रकाशित समाचारप्रति विश्वास नगर्न सबैमा आग्रह गरिएको छ । 

जिल्ला प्रहरी कार्यालय चितवनले पनि दाहालको दुईदिने चितवन बसाईका क्रममा कुनै किसिमको अभद्र व्यवहार नभएको स्पष्ट पारेको छ ।
 

सम्बन्धित सामग्री

पाण्डेमाथि भएकाे घटनाकाे घाेर निन्दा र भर्त्सना गर्दछु : झलनाथ खनाल

काठमाण्डाै – चितवनमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका स्थायी कमिटी सदस्य एवं पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेमाथि आफ्नै कार्यकर्ताले अभद्र व्यवहार गरेका छन् ।  चितवनमा शनिबार राप्ती नगर पार्टीको बैठकमा सहभागी भइ मन्तव्य राखिरहेको बेला सुरेन्द्र पाण्डेमाथि अभद्र व्यवहार भएको हो ।  यो व्यवहारलाई लिएर नेकपा...

उज्यालो अनलाइन

‘अभद्र व्यवहार भएको छैन’

काठमाडौं । नेपाल बक्सिङ संघले संघको केन्द्रीय पूर्ण कार्यसमिति बैठकमा संघका महासचिव सविन भट्टाचार्यमाथि कुनै अभद्र व्यवहार नभएको बताएका छन् । संघले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै महासचिवलाई कुनै अभद्र व्यवहार नभएको र दुव्र्यवहार भएको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका छन् । महासचिव भट्टाचार्यले गत साता एक विज्ञप्ति निकाल्दै बैठकमा आफूले फरक मत राख्दा …

राजधानी दैनिक

चिकित्सक र स्वास्थ्यकर्मीलाई अभद्र व्यवहार गरे घरधनीलाई कारबाही

चितवन : घरमा भाडामा बस्ने अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीलाई अभद्र व्यवहार गर्ने घरधनीलाई कारबाही गरिने भएको छ। कोरोना भाइरसको सङ्क्रमणको त्राससँगै भाडामा बस्दै आएका उनीहरूमाथि अभद्र व्यवहार हुन थालेको गुनासो आएको छ। कोरोना नियन्त्रण कार्यदल चितवनको बुधबार यहाँ सम्पन्न बैठकमा भरतपुर कोरोना विशेष (अस्थायी) अस्पताल...

थाहा खबर

प्रचण्डलाई जुत्ता हान्ने युवक तिरुवालाई सात दिन हिरासत

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई लक्षित गरी जुत्ता प्रहार गर्ने रतन तिरुवा थप सात दिन हिरासतमा बस्ने भएका छन्। जिल्ला प्रशासन कार्यालय काठमाडौंले तिरुवालाई सात दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्ने पहिलो पटक समय दिएको हो। महानगरीय प्रहरी परिसर काठमाडौंले तिरुवाबिरुद्ध अभद्र व्यवहारमा म्याद थप

पहिलो पोस्ट

‘अध्यक्ष दाहालमाथि अभद्र व्यवहार भएको छैन’

चितवन, मङ्सिर ६ गते ।: नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि चितवनमा कुनै किसिमको अभद्र व्यवहार...

गोरखापत्र