गठबन्धनकाे निर्णय नमान्ने नेता, कार्यकर्तालाई कारबाही गरिन्छ - गृहमन्त्री खाण

रुपन्देही – गृहमन्त्री बालकृष्ण खाणले गठबन्धन दलको निर्णय नमान्ने नेता, कार्यकर्तालाई कारबाही गरिने बताउनुभएको छ ।गृहजिल्ला रुपन्देहीको तिलोत्तमामा रहेको आफ्नै निवासमा आज बुधवार आयोजित पत्रकार भेटघाटमा उहाँले चुनावमा गठबन्धन दलबीच सहमति र सहकार्य हुने भएकाले सहमति उल्लङ्घन गर्ने छुट कसैलाई नभएको बताउनुभयो । गृहमन्त्री खाणले भन्नुभयो, ‘अहिले गठबन्धन हुन्छ हुँदैन भन्ने सवाल महत्त्वपूर्ण होइन, कतिपय ठाउँमा गठबन्धन होला कतिपयमा ठाउँमा छुट्टाछुट्टै हुन सक्ला तर केन्द्रले जे निर्णय गर्छ, त्यसको पालना गर्नुपर्छ ।’क...