आमहड्तालमा दुई अध्यक्ष : प्रचण्ड गाडीमा, नेपाल स्कुटरमा !

काठमाण्डौ - नेकपाको प्रचण्ड-नेपाल समूहले आह्वान गरेको आमहड्तालका कारण सडकमा गाडी कम चलेका छन् ।गाडी कम चलेपछि काम विशेषले हिँडडुल गर्नुपर्नेहरुलाई सास्ती भएको छ । आमहड्ताल सफल बनाउन भन्दै नेकपाका नेता कार्यकर्ता सडकमा पुगेका छन् । यसैक्रममा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सातदोबाटोबाट जावलाखेल हुँदै पुल्चोक पुग्नुभयो भने अर्का अध्यक्ष माधवकुमार नेपाल कोटेश्वर पुग्नुभयो । तर आफैँले आह्वान गरेको आमहड्तालमा दुवै अध्यक्ष पैदल हिँडेनन् । प्रचण्ड गाडीमा र नेपालले स्कुटरमा आमहड्ताल सफल बनाउन भन्दै सडकमा निस्केका हुन् ।