यसपटक लोडसेडिङ हुन्न, तिहारलाई झिलिमिली बनाउनुहोस् : घिसिङ

काठमाडौं – यो वर्षको तिहारमा लोडसेडिङ नहुने नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत कुलमान घिसिङले बताउनुभएको छ ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै घिसिङले भन्नुभयो, ‘ यो तिहारमा लोडसेडिङ हुन्न, गएको वर्षको भन्दा राम्रो अवस्थामा छौँ, सबै व्यवस्थापन मिलायौँ, सप्लाई र उपकरण को समस्या छैन ।’ 

यो वर्षको तिहारमा अधिकतम माग १२७० मेगावाट पुग्न सक्ने बताउँदै १३५० मेगावाट आए पनि धान्न सक्ने घिसिङले जानकारी दिनुभयो ।  

यो पटक कुलेखानीको भण्डारण पनि बढेको बताउँदै उहाँले भन्नुभयो, ‘कुलेखानी यसपालि १५२६ मिटरभन्दा माथि छ । यो अहिलेसम्मकै धेरै हो ।’

कार्यकारी अधिकृत घिसिङले यो पटकको तिहारलाई झिलिमिली बनाउन सबैलाई आग्रह गर्नुभएको छ ।
 

सम्बन्धित सामग्री

सबैले आफ्नो जिम्मेवारी मात्रै पूरा गरे पनि देश सुन्दर हुन्छ : कुलमान घिसिङ

काठमाण्डाै – नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो कार्यकालमा लोडसेडिङ अन्त्यसँगै ३२ वर्षसम्म घाटामा रहेको प्राधिकरणलाई नाफामा ल्याउन सकेको बताउनुभयो । आफ्नो कार्यकालमा प्राधिकरणलाई झण्डै ४० अर्ब नाफामा ल्याएको घिसिङले बताउनुभयो । सोमबार काठमाण्डाैमा विद्यार्थीहरू माझ भएको एक कार्यक्रममा ब...

उज्यालो अनलाइन

कुलमान घिसिङलाई लोडसेडिङ अन्त्यको जस दिनु सही होइन : शंकर पोखरेल

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले कुलमान घिसिङलाई लोडसेडिङ अन्त्यको जस दिनु सही नभएको बताएका छन्

नागरिक दैनिक

कुलमानको कार्यकाल सकियो

चार वर्ष अघि २९ भदौमा नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएका कुलमान घिसिङको कार्यकाल सकिएको छ । लोडसेडिङ अन्त्य गरेर चर्चामा आएका घिसिङको कार्यकाल आइतबारदेखि सकिएको हो । लोडसेडिङ अन्त्य गरेर जनतामाझ लोकप्रिय बनेका घिसिङलाई कार्यकारी निर्देशकका लागि निरन्तरताका लागि जनदबाब बढेको थियो तर आइतबारसम्म सरकारले उनलाई दोहो¥याउने वा अर्कै व्यक्तिलाई नियुक्त गर्ने भन्ने […]

कारोबार दैनिक

ठूला कार्यालयमा अब लोडसेडिङ नहुने

काठमाडौं (रासस) । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ठूला सरकारी प्रमुख कार्यालयमा

बाह्रखरी

प्रशारण लाइनको क्षमता कमजोर भएकाले लोडसेडिङ भयो : कार्यकारी प्रमुख घिसिङ

काठमाडौं – नेपाल विद्युत प्राधिकरणले विद्युत प्रशारण लाइनको क्षमता कमजोर भएकाले लोडसेडिङको समस्या देखिएको जनाएको छ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत प्रशारण लाइनको क्षमता  कमजोर भएकाले समाप्त भइसकेको लोडसेडिङको समस्या बल्झिएको बताउनुभएको हो । बिहीबार काठमाडौंमा आयोजित ए...

उज्यालो अनलाइन

उद्योगको लोडसेडिङ पनि अन्त्य, कुलमानले भने : मुलुक लाेडसेडिङमुक्त

३० बैशाख काठमाडौं । विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उद्योग क्षेत्रमा हुँदै आएको लोडसेडिङको पनि अन्त्य गरेका छन् । यसअघि २ देखि ४ घण्टासम्म उद्योग क्षेत्रमा लोडसेडिङ हुँदै आएको थियो तर सोमबारदेखि भने उद्योगमा पनि लोडसेडिङ अन्त्य हुने भएको छ । आइतबार देखि नै उद्योग क्षेत्रमा लोडसेडिङ छैन । तैपनि यसको …

अनलाइनखबर

लोडसेडिङ गरेका छैनौं : प्राधिकरण

नेपाल विद्युत प्राधिकरणले अहिले काठमाडौं उपत्यका लगायत मुलुकभर घोषित/अघोषित कुनै पनि प्रकारको लोडसेडिङ नगरिएको र गर्नु पर्ने अवस्था समेत नरहेको प्रष्ट पारेको छ। औद्योगिक ग्राहकलाई केही घण्टाको लोडसेडिङ बाहेक अन्य ग्राहकलाई पूर्णरूपमा विद्युत आपूर्ति भइरहेको जानकारी दिँदै प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भने,‘प्रणालीमा आउने प्राविधिक गडबडीले केहीबेर झ्याप्प विद्युत जाँदैमा उपभोक्ताले त्यसलाई लोडसेडिङ गर्‍यो भनी…

सेतोपाटी

कुलमानलाई उर्जामन्त्रीको निर्देशन– एसइई परीक्षा अवधिभर लोडसेडिङ नहोस्

उर्जामन्त्री वर्षमान पुनले प्रवेशिका परीक्षा (एसइई) अवधिभर लोडसेडिङ हुन नदिन पहल थालेका छन्। विशेषगरी तराईका जिल्लाबाट लोडसेडिङका कारण परीक्षाको तयारी गर्न नपाएको र परीक्षा अवधिमा पढ्न नपाएको गुनासो उर्जा मन्त्रालयमा आएपछि मन्त्री पुनले विहीबार नेपाल विद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङलाई परीक्षा अवधिभर लोडसेडिङ नहुने वातावरण बनाउन निर्देशन दिएका हुन्।

Nagarik