बुधबार राति रौतहट र बारा जिल्लामा भएको छुट्टाछुट्टै दुर्घटनामा चार जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार दुवै दुर्घटनामा दुई मोटरसाइकलमा सवार चार जनाको मृत्यु भएको हो । रौतहटको गरुडा नगरपालिका–४ गरुडामा ना ६२ प ३३९९ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना हुँदा २ जनाको मृत्यु भएको हो ।मृत्यु हुनेमा मोटरसाइकलमा सवार रौतहटको गढीमाई नगरपालिका ८ का १९ वर्षीय महमद अलताफ आलम र २५ वर्षीय रवि साह छन् । गम्भीर घाइते भएका दुवैलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।यस्तै, बार
पाँचथरमा पहिरोमा परी २१ जनाको मृत्यु भएको छ । हिजोदेखि जारी वर्षाका कारण पाँचथरको चार स्थानीय तहमा २१ जनाको मृत्यु हुनाका साथै दुई जना बेपत्ता छन् । यस्तै छ जना घाइते भएका छन् ।
प्रमुख जिल्ला अधिकारी पुण्यप्रसाद ढकालका अनुसार मिक्लाजुङ गाउँपालिका–५ कुरुम्बामा मात्रै १५ जनाको मृत्यु भएको छ । थप दुई जना बेपत्ता छन् । यस्तै फिदिम नगरपालिकामा दुई, फाल्गुनन्द गाउँपालिकामा तीन र कुम्मायक गाउँपालिकामा एक जनाको पहिराले पुरिएर मृत्यु भएको प्रजिअ ढकालले जानकारी दिए ।
घाइतेहरुको हेलिकोप्टरमार्फत समेत उद्धार कार्य चलिरह...
देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । भक्तपुर, बर्दिया, सर्लाही, पर्सा, बाँके र सुनसरीका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा पारी ६ जनाको मृत्यु भएको हो ।
काठमाडौं। पछिल्लो चौबीस घण्टामा देशका आठ स्थानमा परेको चट्याङ लागेर तीन जनाको मृत्यु् भएको छ भने ५ जना घाइते भएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकाअनुसार चट्याङ लागेर पाल्पामा एक जनाको मृत्यु र दुई जना घाइते, रोल्पामा एक जनाको मृत्यु र एक जना घाइते, सुनसरीमा एक जनाको मृत्यु भएको छ। यस्तै, दैलेखमा दुई जना घाइते भएका छन्।
बाँके । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको एक गरी आठ जनाको मृत्यु भएको कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए ।उनका अनुसार, मृत्यु हुनेमा नेपालगञ्ज उपमहानगरपालिका–२ का ४५ वर्षीया महिला, २६ वर्षीय युवा, ५१ वर्षीय पुरुष र ७२ वर्षीय महिला रहेका छन् । त्यस्तै बाँके खजुरा गाउँपालिकाका दुई तथा कोहलपुर, बैजनाथ र दाङका एक÷एक जनाको मृत्यु भएको उनले ज
काठमाडौं। देशका बिभिन्न स्थानमा भएको सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ।प्रहरीकाअनुसार तनहुँ, रुपन्देही, दाङ र झापामा भएका सवारी दुर्घटनामा उनीहरूको मृत्यु भएको हो। रुपन्देहीमा दुई, तनहुँ, दाङ र झापामा एक-एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।