खिल्ली उडाउँदै बालमैत्री गाउँपालिका, पाँच सय बालबालिका जोखिमपूर्ण श्रममा

हेटौँडाः २०७६ पुस २८ गते तामझामसाथ नेपालको पहिलो ‘बालमैत्री स्थानीय शासन अवलम्बन’ गरेको मकवानपुरको मनहरि गाउँपालिका र दोस्रो बकैया गाउँपालिकाका सयौं बालबालिका जोखिमपूर्ण श्रम गरिरहेको पाइएको छ। यसले ती पालिकाहरुले बालमैत्री शासनको खिल्ली उडाएको र घोषणाका लागि अनुमति दिने निकायले आफ्नो जिम्मेवारी पूरा नगरेको स्पस्ट भएको छ। सिविन बाल हेल्पलाइन…

सम्बन्धित सामग्री

मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम लुम्बिनीका २ हजार ७ सय ७९ विद्यालयमा

मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम लुम्बिनी प्रदेशका १ सय ९ वटै स्थानीय तहमा पुर्‍याइएको छ । बालबालिकाको शिक्षा सुधारका लागि भन्दै बालमैत्री विद्यालय निर्माण, जीर्ण विद्यालय मर्मत,  रंगरोगन, विद्यालयमा बगैचा, खानेपानी, फिल्ड निर्माण, कक्षा कोठा निर्माण, शैक्षिक सामग्री एवं पोशाक वितरण गर्न सकिने गरी कार्यक्रम ल्याइएको हो ।

खिल्ली उडाउँदै ‘बालमैत्री गाउँ’ : पाँच सय बालबालिका जोखिमपूर्ण श्रममा

पालिकाहरुले ‘बालमैत्री’कै खिल्ली उडाएको र ‘बालमैत्री’ घोषणाका लागि अनुमति दिने निकायले आफ्नो जिम्मेवारी पूरा नगरेको स्पष्ट भएको छ ।

बाल दिवसमा विविध कार्यक्रम: एक वर्षको अवधिमा १ हजार ९ सय १ गर्भपतन

नेपाल समाचारपत्र, काभ्रे । जिल्ला बाल न्याय क्षेत्र समन्वय समितिका सदस्य एवं नेपाल पत्रकार महासंघ काभ्रे शाखाका पूर्वअध्यक्ष मोतीराम तिमल्सिनाले जिल्लामा एक वर्षको अवधिमा १ हजार ९ सय १ गर्भपतन गराई भ्रुणदेखि नै बालिबालिकाको हत्या भएको बताउनुभएको छ । नेपाल बाल संगठन काभ्रेले आयोजना गरेको काभ्रेका बालबालिकाहरुको अवस्था तथा बालमैत्री जिल्ला निर्माणमा सरोकारवालाहरुको भूमिका विषयक […]

बाल दिवसमा बालमैत्री नगरसहित जिल्लामा विविध कार्यक्रम

मोतीराम तिमल्सिना, काभ्रे । बालबालिकाहरुको संरक्षण आमाकै कोख देखि गर्नु पर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । कार्यपत्र प्रस्तुत गर्दै जिल्ला बाल न्याय क्षेत्र समन्वय समितिका सदस्य एवं नेपाल पत्रकार महासंघ काभ्रे शाखाका निवर्तमान अध्यक्ष मोतीराम तिमल्सिनाले जिल्लामा एक वर्षको अवधीमा १ हजार ९ सय १ गर्भपतन गराई भ्रुण देखि नै बालिबालिकाहरुको हत्या गरिएको बताउनु भयो […]

कोभिड अस्पताललाई स्वास्थ्य उपकरण सहयोग

सुर्खेत (अस) । एसओएस बालग्राम सुर्खेतले वीरेन्द्रनगर कोभिड अस्पताललाई स्वास्थ्य उपकरण सहयोग गरेको छ । बालग्रामले ३५ औं अन्तर्राष्ट्रिय एसओएस दिवस अवसर पारेर कोभिड–१९, संक्रमण रोकथाम तथा नियन्त्रणमा सहयोग पु¥याउन वीरेन्द्रनगर कोभिड अस्पताललाई स्वास्थ्य उपकरण सहयोग गरेको हो । सहयोग सामग्री वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदी, वडा नम्बर ७ का वडाध्यक्ष धु्रवकुमार चपाईलगायतको उपस्थितिमा एसओएस बालग्राम सुर्खेतका निर्देशक मुकुन्दकुमार गिरीले हस्तान्तरण गरेका हुन् । कार्यक्रममा नगरप्रमुख सुवेदीले एसओएस बालग्रामले वीरेन्द्रनगर कोभिड अस्पतालमा बालमैत्री वार्ड स्थापनाका लागि गरेको पहल सराहनीय भएको बताए । उनले वीरेन्द्रनगर कोभिड अस्पतालमा तत्कालै कम्तीमा ५ शय्याको बालमैत्री वार्ड स्थापना गर्ने प्रतिबद्धता जनाए । निर्देशक गिरीले एसओएस परिवार सबलीकरण कार्यक्रमअन्तर्गत करिब २ लाख मूल्य बराबरको स्वास्थ्य उपकरण सहयोग गरिएको जानकारी दिए । उनले भने, ‘विज्ञहरूको सुझावलाई आधार मानेर वीरेन्द्रनगर कोभिड अस्पतालमा बालमैत्री वार्ड स्थापनाका लागि दुई वटा मनिटर सहयोग गरेका हौं ।’ उनले कोभिड–१९, महामारीले बालबालिकामा पर्ने सक्ने जोखिमलाई दृष्टिगत गर्दै अस्पतालमा कम्तीमा ५ शय्याको बालमैत्री वार्ड स्थापना गर्न सुझाए । उनका अनुसार एसओएस बालग्रामका संस्थापक प्रोफेसर डा. हर्मन माइनरको स्मितिमा विभिन्न कार्यक्रम गरी अन्तर्राष्ट्रिय एसओएस दिवस मनाउने चलन छ । एसओएस बालग्रामले ३५ वर्षदेखि कर्णाली प्रदेशसँगै लुम्बिनीको बाँके, बर्दिया र दाङलगाया जिल्लाका अभिभावकको संरक्षण गुमाएका तथा जोखिममा रहेका बालबालिकालाई विभिन्न कार्यक्रममार्फत संरक्षण गर्दै आएको छ । हाल एसओएस बालग्राम सुर्खेतले ५ सय ३० जना बालबालिकाको निःशुल्क स्वास्थ्य, शिक्षासँगै संरक्षण गर्दै आएको निर्देशक गिरीले जानकारी दिए ।

भीरकोटमा बन्यो नमुना पार्क

भीरकोट नगरपालिका–१, सिसौघारी आँधीखोला किनारमा निर्माण गरिएको पार्क पछिल्लो समय सबैको आकर्षणको केन्द्र बनेको छ। यो पार्क बालक, युवा, प्रौढदेखि वृद्धसम्म सबैको मनै लोभ्याउने गरी निर्माण गरिएको छ। सिद्धार्थ राजमार्गबाट करिब पाँच सय मिटरभित्र रहेको यस पार्कमा आउने सर्वसाधारणको सुरक्षाका लागि सीसी क्यामरासमेत जडान गरिएको छ। देशकै पहिलो बालमैत्री नगरपालिका भीरकोटमा बालवाटिकाको कल्पनाअनुरूप बालवाटिका एवं भीरकोट पार्क बनाएको हो।