दुर्घटनाका घाइतेको उद्धार विधि कमजोर

चितवन-दुर्घटनामा परेका घाइतेको उद्धार संयन्त्र प्रभावकारी बनाउन सडक सुरक्षा अभियान्ताहरूले आग्रह गरेका छन् । नेपाल अटोमोबाइल्स एसोसियसन (नासा) प्रदेश नम्बर ३ ले नारायणगढमा शनिबार आयोजना गरेको सवारी दुर्घटनामा परेकाको उद्धारका लागि स्वयंसेवा तालिममा उनीहरूले सडक सुरक्षा सुधार गर्न तीनै तहका सरकारले कदम चाल्नुपर्ने सुझाएका छन् ।
सडक सुरक्षा अभियान्ता तथा नासाका केन्द्रीय महासचिव गोविन्द भट्टराईले सवारी दुर्घटनामा परेकालाई अस्पताल लैजानुपूर्व अपनाउनुपर्ने सावधानीबारे सचेतनाको अभाव रहेको बताउँछन् । “सडक पूर्वाधारको अवस्था दयनीय छ,” उनले भने, “कुल भूभागको करिब ४ प्रतिशतमात्रै सडकले ओगटेको छ, चौडा सडक छैनन्, धेरै लेन भएका सडक नगण्य छन्, कुन बेला कहाँ दुर्घटना हुन्छ, थाहै हुँदैन ।” उनले दुर्घटनास्थलबाट अस्पताल लैजाँदै गर्दा वा बेलैमा उपचार नपाएर मृत्यु हुने करिब ६० प्रतिशत घाइते रहेको बताए । एम्बुलेन्स वा अन्य सवारीमा घाइतेलाई राख्दा कोचेर राख्ने परम्परा अन्त्य गर्नुपर्ने बताए । सडक र यातायात क्षेत्रलाई व्यवस्थित गर्न नसक्दा धनजनको क्षति हुने क्रम बढेको बताउँछन् । “सडक प्रयोगकर्ताको अनुशासन विकास गर्नुपर्छ, आपतकालीन उपचारलाई सहज बनाउनुपर्छ,” उनले भने, “दुर्घटना बढी हुने क्षेत्रका स्थानीयलाई आकस्मिक उद्धारबारेका आधारभूत तालिम दिनुपर्छ ।”

रोड सेफ्टी काउन्सिल गठन माग

सवारी दुर्घटना न्यूनीकरण गर्न प्रदेशस्तरमा रोड सेफ्टी काउन्सिल गठनको माग गरिएको बताए । “विभिन्न ८ मन्त्रालयसँग समन्वय गर्ने, दुर्घटना न्यूनीकरण गर्न चेतनामूलक कार्यक्रम, तालिम दिने, उद्धार संयन्त्रलाई प्रभावकारी बनाउन काउन्सिलको खाँचो देखिएको छ,” उनले भने, “मुख्यमन्त्री र केन्द्रमा योबारे पहल भइरहेको छ ।” उनले धरौटी जम्मा नगरेको बहानामा दुर्घटनाका घाइतेको उपचारमा ढिलाइ हुन नदिन राज्यले नै जिम्मेवारी लिएर उपचार गर्ने व्यवस्था मिलाउनुपर्ने बताए ।

सातै प्रदेशमा निजी क्षेत्रको सहकार्यमा हेभी ड्राइभिङ स्कुल स्थापना गर्ने, सडकको गुणस्तर मापन गर्ने, प्रत्येक नगरमा अटोल्यान्ड स्थापना गर्ने, सार्वजनिक यातायातलाई व्यवस्थित गर्ने, चालक तथा हेल्पर, यात्रुलाई तालिम तथा सचेतना दिनेलगायतका काम गर्नुपर्ने देखिएको बताए । प्रहरी नायब उपरीक्षकबाट अवकास पाएर सडक सुरक्षा अभियानमा सक्रिय बनेका विपिन गौतम सवारी दुर्घटना भएपश्चात हुने उद्धार कार्यलाई वैज्ञानिक बनाउन सरकारले नै पहल गर्नुपर्ने बताउँछन् । “दुर्घटना भएलगत्तै स्थानीय घटनास्थल पुग्छन्, जानी नजानी उद्धारमा संलग्न हुन्छन्”, उनले भने, “सामान्य चोट लागेका व्यक्ति पनि उद्धारमा हुने लापरबाहीले आजीवन अपांगता भएर बस्नुपरेको अवस्था छ, त्यसैले उद्धारसम्बन्धी दक्ष जनशक्ति कम्तीमा राजमार्ग छेउका बस्तीमा तयार गर्नुपर्छ ।”

आव ०७४/७५ मा ९ हजार ९८९ वटा सवारी दुर्घटना भए । जसमा २ हजार ३१८ जनाले ज्यान गुमाए । ३ हजार ८ सय जना अंगभंग भए । ७ हजार ५१० जना सामान्य घाइते भए । “उद्धारमा खटिने सबै प्रहरीलाई समेत घाइते व्यवस्थापनबारे तालिम तथा प्रशिक्षणको अभाव छ,” उनले भने, “कम्तीमा हाइवे युनिटका प्रहरी कर्मचारीलाई उद्वार सीप सिकाउनु पर्छ, स्थानीय सरकारले पनि सडक सुरक्षाबारे चेतना विस्तार गर्नुपर्छ ।”

भरतपुर अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट डा. कृष्ण पौडेलले दुर्घटनामा मेरुदण्डमा चोट लागेका घाइतेको उद्धारमा संवेदनशिलताको खाँचो रहेको बताए । “झ्याइँकुटी पार्दै गाडीमा राखेर अस्पतालमा बिरामी ल्याइन्छ,” उनले भने, “यसो गर्दा चोट झन बिग्रन पुग्छ, घाइतेले जीवनभर दुःख पाउने अवस्था बन्छ, उद्धारमा सावधानी अपनाउनुपर्छ ।” उनी बढी दुर्घटना हुने स्थलमा घाइते बिरामीलाई अस्पतालसम्म लैजाने विधिबारे ज्ञान दिनुपर्ने बताउँछन् । स्पाइनल इन्जुरीका बिरामीलाई अस्पतालसम्म पु¥याउँदा धेरै सावधानी अपनाउनुपर्ने बताए । सुषुम्ना नाडीमा चोट लाग्दा शरीरका अंग नै नचल्ने, हिँडडुल गर्न नसक्ने जस्ता समस्या देखा पर्छन् । भरतपुर अस्पतालका हाडजोर्नी विभागका प्रमुख डा. रुद्र मरासिनीले दुर्घटना पश्चात घाइतेको ‘गोल्डेन आवर’ मा निकै सावधानी अपनाउनुपर्ने बताउँछन् । “अस्पताल लैजानुभन्दा पहिले र उपचारपछिको ६ घण्टा मृत्युबाट बचाउने महत्वपूर्ण समय हो,” उनले भने, “गोल्डेन आवरमा घाइतेलाई बचाउन उद्धार र उपचारमा निकै गम्भीर हुन जरुरी छ ।” उनले कपडामा बेरेर ‘गुजुल्टो’ बनाएर अस्पताल लैजानुभन्दा घाइतेलाई श्वासप्रश्वास सहज हुने आसनमा राख्ने, रक्तश्राव रोक्ने विधि अपनाएर उद्धार गर्नुपर्ने बताउँछन् ।

जिल्ला अदालत चितवनका न्यायाधीश विनोदकुमार गौतमले दुर्घटना पश्चात हुने उद्धारमा सावधानी भएमा सजाय पनि कम हुने अवस्था सिर्जना हुने बताउँछन् । “अस्पताल लैजाँदै गर्दा बीच बाटोमै धेरैको ज्यान गुम्छ,” उनले भने, “उद्धारमा सावधानी अपनाइयो भने अनाहकमा ज्यान जाने अवस्था रोकिन्छ, घाइतेले पनि नयाँ जीवन पाउँछन् ।” नासा प्रदेश नम्बर ३ का सचिव गोपाल भट्टराईले घाइतेलाई धेरै दुःख नदिई अस्पतालसम्म पु¥याउने जनशक्ति तयार गर्नुपर्ने देखिएको बताए ।

सेभ द माइण्ड नेपालकी अध्यक्ष पूजा भुसालले बढ्दो सवारी दुर्घटनाको जोखिम कम गर्न ट्राफिक सचेतना, सडक सुरक्षाको आवश्यकता रहेको बताइन् । कार्यक्रममा सडक सुरक्षाबारे कार्यपत्रमाथि छलफल भएको थियो । नासाले यसअघि इटहरी र धुलिखेलमा सडक सुरक्षाबारे तालिम दिइसकेको छ । चितवनसहित यी जिल्लामा रोड सेफ्टी नेटवर्क समेत गठन गरिएको छ । ट्राफिक सचेतना, उद्वार, अध्ययन, अनुसन्धान र सरकारी कार्यालयबीच समन्वय गर्दै दुर्घटना न्यूनीकरण अभियान चलाउन नेटवर्क गठन गरिएको जनाइएको छ ।

सम्बन्धित सामग्री

प्रदेश प्रमुख डा झाद्वारा सडक दुर्घटनाका घाइतेको उद्धार

कर्णाली भ्रमणमा आएका प्रदेश नं २ का प्रदेश प्रमुख डा राजेश अहिराजले सुर्खेतका सडक दुर्घटनामा परी घाइते भएका चालकको उद्धार गरेका छन्। प्रदेश प्रमुख झाले आज  रत्न राजमार्गको हर्रे नजिक दुई मिनीट्रक ...

नेपाल आज

सवारी दुर्घटनाका घाइतेको प्रदेश प्रमुख अहिराजद्वारा उद्धार

प्रदेश २ का नवनियुक्त प्रमुख राजेश अहिराजले सवारी दुर्घटनामा परेर घाइते भएकाहरूको उद्धार गरेका छन् । अहिराजले

नयाँ पत्रिका

दुर्घटनामा परेर सडकमा ढलेका घाइतेलाई प्रदेश प्रमुख झाले गरे उद्धार

काठमाडौं : प्रदेश २ का नवनियुक्त प्रदेश प्रमुख डा. राजेश झा ‘अहिराज’ले सडक दुर्घटनामा घाइते भएका ४ जनाको उद्धार गरेका छन्। झा ले ‘नागरिकको सुरक्षा मेरो पहिलो जिम्मेवारी’ भन्दै जनकपुरबाट जितपुर जाने क्रममा निजगढ जङ्गलमा सडकमा दुर्घटनामा परि छ्ट्पटाइ रहेका ४ जनालाई अस्पताल पठाएका हुन्। उनले दुर्घटनामा परेको देख्ने वित्तिकै

पहिलो पोस्ट

यी हुन् जुगल पहिरोमा पहिरोमा बेपत्ता ३८ जना (नामावलीसहित)

काठमाडौं :  सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीमा आज बिहान आएको पहिरोमा ३८ जना बेपत्ता भएका छन्। पहिरोमा ३८ घर क्षति भएका छन् भने ९ घाइते भएका छन्। घटनास्थलमा नेपाली सेनासहित सुरक्षाकर्मीहरुले उद्धार सुरु गरेका छन्। पहिरोले पुरिएकाहरुको खोजी सुरु भएको छ।  घटनास्थलमा रहेका जिल्ला समन्वय समिति सिन्ध...

थाहा खबर

उद्धारका लागि गएको नेपाली सेनाको गाडी दुर्घटना, तीन घाइते

बझाङको केदारस्यूँ गाउँपालिकामा पहिरोमा परेर पुरेकाहरूको उद्धारका लागि गएको नेपाली सेनाको गाडी दुर्घटना भएको छ । दुर्घटनामा तीन जना घाइते भएका छन् ।

गोरखापत्र

कर्णाली सरकारले लियो सडक दुर्घटनाको घाइतेका उद्धार र उपचारको जिम्मा

सुर्खेत : कर्णााली प्रदेश सरकारले सडक दुर्घटना परेकाहरुको उद्धार गर्ने भएको छ। आर्थिक वर्ष २०७७/०७८ को बजेटमा सडक दुर्घटनामा परेकालाई उद्धार गर्ने कार्यक्रम प्रदेश सरकारले ल्याएको आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालले जानकारी दिए। मन्त्री ज्वालाले कर्णालीमा सडक दुर्घटना बढी हुने भएकाले पनि सरकारले सडक दुर्घटनाहरुमा परेका...

थाहा खबर

कालीकोट दुर्घटना : दुई जनाको मृत्यु, ६ जना बेपत्ता

२८ जेठ, सुर्खेत । कालीकोटमा बुधबार बिहान भएको टिपर दुर्घटनाका घाइतेको उद्धारका लागि सुर्खेतबाट हेलिकप्टर पठाउने तयारी गरिएको छ । दुर्घटनामा गम्भीर घाइतेहरुलाई उपचारका लागि उद्धार गर्न नेपाली सेनाको हेलिकप्टर पठाउन लागिएको प्रदेशका आन्तरिक मामिला तथा …

अनलाइनखबर

टिपर दुर्घटनाका गम्भीर घाइतेको हेलिकोप्टरमार्फत उद्धार

संखुवासभा : संखुवासभाको मकालु गाउँपालिका-३ मा टिपर दुर्घटनामा गम्भीर घाइते भएका हेलिकोप्टरमार्फत उद्धार गरिएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उदयपुरको रौता-५ का रामबहादुर सार्कीको हेलिकोप्टरमार्फत उद्धार गरिएको इलाका प्रहरी चौकी हेदाङनाले जनाएको छ। किमाथांका-जोगवनी सडकखण्डमा प्रदेश १–०२–००१ क ३६६७ नम्बरको...

थाहा खबर