बीपी सुधार अभियान : ओपीडी सहितका सेवा सुचारु, तालाबन्दी कायमै

धरान (अस) । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान शुद्धीकरणको मागसहित आन्दोलित पक्षले चौतर्फी दबाबपछि अन्ततः ओपीडी र अन्य उपचार सेवा सुचारु गर्ने भएको भएको छ । प्रतिष्ठानका प्रमुख चार पदाधिकारीको कार्यकक्षमा तालाबन्दी गरेर आन्दोलन चर्काउँदै आएका चिकित्सक र कर्मचारीले गत आइतवारदेखि आकस्मिक र कोभिडका बाहेक अन्य उपचार सेवा बहिष्कारको घोषणा गरेका थिए । संयुक्त संघर्ष समितिले नेपाल सरकारको तर्फबाट गठित उच्चस्तरीय छानबिन समितिले ६ बुँदे प्रतिवेदन सार्वजनिक गरेपछि त्यसको कार्यान्वयन नभएको भन्दै काम बहिष्कार गरेका थिए । यसबीच धरानका राजनीतिक दलले गत सोमवार उपकुलपतिको कार्यकक्षमा लगाइएको ताला फोडिदिएका थिए । उपचार नै प्रभावित हुनेगरी भएको आन्दोलनको सर्वसाधारणले समेत व्यापक विरोध गरेपछि उनीहरूले ओडीपी वार्ड अगाडि नै बिरामीको चेकजाँच  गर्दै आएका थिए । संघर्ष समितिले उपकुलपति कार्यालय बाहिरै सञ्चालन गरेको ओपीडीबाट सर्वसाधारणले चेकजाँचबाहेक अन्य सेवा पाउन सकेका थिएनन् । प्रतिष्ठानमा आएका बिरामी विभिन्न प्रकारका शल्यक्रिया, चेकजाँचको रिपोर्ट लगायत काम समयमा नहुँदा मारमा परेका थिए । सोही समस्यालाई ध्यानमा राख्दै चिकित्सकहरूले आइतवारदेखि ओपीडी सहितका सबै उपचार सेवा सुचारु गरेका हुन् । आफूहरूको आन्दोलन प्रतिष्ठानसँग भएकाले सेवा बहिष्कारले सबैलाई समस्या भएको महसूस गरी ओपीडीसहित अन्य उपचारमा संलग्न हुने निर्णय गरिएको संयुक्त आन्दोलन समितिका संयोजक डा. एसपी रिमालले बताए । सेवा सुचारु भए पनि आन्दोलन जारी रहेको भन्दै उनले उपकुलपति लगायत पदाधिकारीको कार्यकक्षमा लागेको तालाबन्दी समेत यथावत् रहने प्रस्ट पारे । संघर्ष समितिका सहसंयोजक डा. विष्णु पोख्रेलले सर्वसाधारणलाई परेको मर्का बुझेर काममा फर्किएको बताए । ‘हामी काम नगर्न आन्दोलित भएका होइनौं, प्रतिष्ठान जोगाउनुपर्छ भनेर आन्दोलन गरेका हौं,’ उनले भने, ‘विगतका सहमति कार्यान्वयन नभए फेरि कडा आन्दोलनमा उत्रिन्छौं ।’

सम्बन्धित सामग्री

नर्भिकमा प्रत्येक शनिबार युरोलोजी टिमबाट निःशुल्क ओपीडी सेवा

काठमाडौं । नर्भिक अस्पतालले आफ्नो विशेष अभियानअन्तरगत आउने शनिबार निःशुल्क ओपीडी सेवा सञ्चालन गर्ने भएको छ । नर्भिकले शनिबार बिहान ८ बजेदेखि १० बजेसम्म दुई विशेषज्ञ चिकित्सकद्वारा निःशुल्क ओपीडी सेवा सञ्चालन गर्ने भएको हो । शनिबारको निःशुल्क ओपीडी सेवालाई नर्भिकले पछिल्लो समय पनि निरन्तरता दिएको छ । नर्भिकले विगत लामो समयदेखि युरोलोजी टिमकै विशेष निःशुल्क […]

भरतपुर अस्पतालमा ओपीडी सेवा निःशुल्क

चितवन - चितवनमा रहेको भरतपुर अस्पतालले ओपीडी सेवा निःशुल्क गरेको छ । अस्पताल विकास समितिको बैठकले निर्णयगरी टिकट बापतको शुल्क नलिने भएको हो । भरतपुर अस्पतालमा दैनिक १ हजार ५ सयकाे हाराहारीमा बिरामीले ओपीडी सेवा लिने गरेका छन् । भरतपुर अस्पतालले लिँदै आएको टिकटबापतको ३० रुपैयाँ शुल्क नलिने निर्णय गरिएको अस्पताल विकास समितिका अध्यक्ष डा. भोजराज अधिकारीले बताउनुभयो  । अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट प्रा.डा.कृष्णप्रसाद पौडेलले महिला र बीमा मार्फत् आउनेहरुले यसअघि नै शुल्क नलिने गरेको बताउँद...

स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण देखिएपछि बेनी अस्पतालमा ओपीडी सेवा बन्द

म्याग्दी – म्याग्दीको बेनी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि आज (आइतवार) देखि ओपीडी सेवा बन्द भएको छ । अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीमध्ये ३४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि ओपीडी सेवा बन्द गरिएको बेनी अस्पतालले जनाएको छ ।  कोरोना भाइरस सङ्क्रमणको जोखिम बढ्दै गएपछि सेवा सञ्चालनमा असहज भएकाले आउँदो शुक्रवारसम्मका लागि ओपीडी सेवा बन्द गरिएको बेनी अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर जितेन्द्र कँडेलले बताउनुभयो । गएकाे शुक्रवारकाे बैठकल...

तीजको विदामा पनि नर्भिकमा ओपीडी सेवा

काठमाडौं । नर्भिक अस्पतालले तीजको विदाको दिन पनि ओपीडी सेवालाई सुचारु गर्ने भएको छ । सार्वजनिक विदाको दिन भए पनि ओपीडी सेवा भने संचालन गरिने नर्भिकले जनाएको छ । नर्भिक अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रका अनुसार तीजको सार्वजनिक विदा परेको बिहीबार नर्भिकमा केही कन्सल्ट्यान्टहरुले ओपीडी सेवा दिनेछन् । कार्डियोलोजीका डा. जेपी जैसवाल, अर्थोपेडिकका डा. सगुन जोशी, छातिरोग विशेषज्ञ डा. रमेश चोखानी, साइकाट्रिस्ट डा. यादव बिष्ट, कार्डियोका डा. शैलेन्द्र कुश्वाहा, यूरोलोजिस्ट

नर्भिकले हरेक शनिबार निःशुल्क ओपीडी सेवा दिने

नर्भिक इन्टरनेसनल हस्पिटलले अब प्रत्येक शनिबार निःशुल्क ओपीडी सेवा सञ्चालन गर्ने भएको छ ।नर्भिक हस्पिटलका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रकाअनुसार आउने शनिबारदेखि नै यो अभियानको थालनी हुनेछ ।प्रत्येक साताको शनिवार कुनै विशेषज्ञ डाक्टरले २ घण्टा निःशुल्क ओपीडी सेवा दिनेछन् । निःशुल्क ओपिडी सेवा लिनका लागि नर्भिक अस्पतालका ओपीडी प्रमुख क्षितिज उप्रेतीलाई ९८४११८१२८१ नम्बरमा फोन गरेर […]

हरेक शनिबार नर्भिकमा निःशुल्क ओपीडी सेवा

काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलले अब प्रत्येक शनिबार निःशुल्क ओपीडी सेवा संचालन गर्ने भएको छ । नर्भिक हस्पिटलका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रका अनुसार आउने शनिबारदेखि नै यो अभियानको थालनी हुनेछ ।प्रत्येक साताको शनिवार कुनै विशेषज्ञ डाक्टरले २ घण्टा निःशुल्क ओपीडी सेवा दिनेछन् । निःशुल्क ओपीडी सेवा लिनका लागि नर्भिक अस्पतालका ओपीडी प्रमुख क्षितिज उप्रेतीलाई ९८४११८१२८१ नम्बरमा फोन गरेर आफ्नो नाम टिपाउन सकिनेछ । प्रत्येक साताको शनिबारका लागि तोकिएको विशेषज्ञ डाक्टरले बिहान १

नारायणी अस्पतालले शुक्रबारदेखि ओपीडी सेवा सुचारु गर्ने

१६ असार, वीरगञ्ज । नारायणी अस्पतालले शुक्रबारदेखि ओपीडी सेवा सुचारु गर्ने भएको छ । कोरोना संक्रमितको संख्या घट्दै गएपछि ओपीडी सेवा सुचारु गर्न लागेको नारायणी अस्पतालले जनाएको छ । नारायणी अस्पताल प्रशासनले बुधबार सूचना प्रकाशित गरेर अस्पतालमा बहिरंग (ओपीडी) लगायतका उपचार सेवा असार १८ गतेदेखि सुचारु गर्न लागेको जानकारी दिएको हो । तत्कालका लागि बिहान […]

कोभिडपछि बन्द रहेको नर्भिक अस्पतालको ओपीडी सेवा आइतबारदेखि सञ्चालन हुने

कोभिड–१९ को दोश्रो लहरको संक्रमण तीव्र बनेसँगै बिरामीको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर नर्भिकले ओपीडी सेवा बन्द गरेको थियो।

निःशुल्क कोरोना ओपीडी सेवा सञ्चालन

विराटनगरसिथत नोबेल शिक्षण अस्पतालले निःशुल्क कोरोना ओपीडी सेवा सञ्चालन गरेको छ । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएका व्यक्ति र होम आइसोलेशनमा बसेका संक्रमितको परीक्षणका लागि नोबेलले कोरोना ओपीडी सेवा सञ्चालन गरेको हो ।  पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजिटिभ देखिएमा संक्रमित व्यक्ति होम आइसोलेशनमा बस्ने गर्छन् । स्वास्थ्यमा समस्या बढेमा कोभिड अस्पतालमा भर्ना गरेर उपचार गर्ने गरिन्छ । तर, कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएका तर, पीसीआर परीक्षण नगराएका विरामीहरु उपचार पाउँनबाट बन्चित बन्दै आएका थिए । यता, होम आइसोलेशनमा ब...

बेडकाे अवस्था हेरेर ओपीडी सेवा बन्द गर्न अस्पताललाई निर्देशन

काठमाण्डाै – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शय्या (बेड) को अवस्था हेरेर बहिरङ्ग सेवा (‌ओपीडी) तथा इलेक्टिभ सर्जरी लगायतका सेवा बन्द गर्न अस्पतालहरूलाई निर्देशन दिएको छ । स्वास्थ्य मन्त्रालयको मङ्गलवार (आज) बसेको सचिवस्तरीय बैठकले कोरोना सङ्क्रमितको प्रभावकारी उपचार व्यवस्थापनका लागि आवश्यकताअनुसार ओपीडी र शल्यक्रिया सेवा बन्द गर्न निर्देशन दिएको हो । अस्पतालको उपलब्ध शय्या, जनशक्ति, कोरोना सङ्क्रमितको सङ्ख्याका आधारमा आकस्मिक बाहेकका सेवा बन्द गर्न मन्त्रालयले भनेको छ । बैठकले कुनै पनि डाक्टर तथा स्वास्थ्यकर्मीलाई लाम...