काठमाडौं : इण्डियन प्रिमियर लिग (आइपीएल) को खेलाडी अक्सन आज हुदै छ। भारतको चेन्नईमा हुने खेलाडी अक्सनमा नेपालबाट लेग स्पिनर सन्दीप लामिछाने मात्र सुचीकृत भएका छन्। आइपीएल अक्सनका लागि यस अघिको प्रारम्भिक चरणमा सन्दीप लामिछानेसहित , विनोद भण्डारी, करण केसी, सोमपाल कामी, कुशल मल्ल, शरद भेस्वाकर, अविनाश बोहोरा र दीपेन्द्र सिंह ऐरी गरि ८ नेपाली खेलाडी सुचिकृत भएका थिए, तर अन्तिम सुचीमा भने नेपालबाट सन्दीप मात्र परेका छन्।कुल २९२ खेलाडीको अक्सनबाट बढीमा ६१ खेलाडी विभिन्न फ्रेन्चाईजील