काठमाडौं। सत्तारुढ गठबन्धनद्वारा सरकार सञ्चालनमा सहजीकरणका लागि गठित कार्यदल बैठक सुरु भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा अपरान्ह४बजेदेखि बैठक जारी रहेको छ। बैठकमा कार्यदलका संयोजक पूर्णबहादुर खड्कासहित कांग्रेसबाट मिनेन्द्र रिजाल र रमेश लेखक, माओवादी केन्द्रबाट वर्षमान पुन र देव गुरुङ, जसपाबाट राजेन्द्र श्रेष्ठ र महेन्द्र राय यादव सहभागी छन्। कार्यदलकोे सरकार सञ्चालनका लागि साझा नीति–कार्यक्रम र आवश्यक रायसुझाव दिने जनाइएको छ।