कम्युनिष्ट नेता हर्ष स्याङ्बो अस्वस्थ

काठमाडौं : पुराना कम्युनिष्ट नेता कम्युनिष्ट नेता हर्ष स्याङ्बो बिरामी परेका छन्। उनी नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठका समकालीन हुन्।कवि तथा लेखक ९४ वर्षीय स्याङ्बो काठमाडौंको मनोहरा खोला किनारको सुकुम्बासी बस्तीमा छन्। जनताको मुक्ति आन्दोलनमा लागेका उनी अहिले बेसहारा जस्तै रहेको कवि वासुदेव अधिकारीले बताए।अधिकारीका अनुसार स्याङ्बोका परिवारका सदस्य र नातेदारहरू विदेशमा भएको र तत्काल उनको हेरचाहमा सहयोग गर्ने खासै कोही नभएको बताए।जन साहित्यिक मञ्च, नेपालबाट सञ्चाल