कवि रेग्मीलाई बीपी सम्मान

काठमाडौं, २३ भदौ । यसवर्षको बीपी साहित्य सम्मान पुरस्कार कवि मदन रेग्मीलाई दिइने भएको छ । जननायक बीपी कोइराला स्मृति ट्रष्ट नामक संस्थाले प्रत्येक वर्ष दिँदै आएको पुरस्कार यस वर्ष कवि रेग्मीलाई दिने निर्णय गरेको हो । पाँच दशकभन्दा पहिलेदेखि नेपाली साहित्य क्षेत्रमा क्रियाशील रेग्मीका कविता संग्रह र अन्य विभिन्न विधाका कृति प्रकाशित छन् । […]

सम्बन्धित सामग्री

बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठान बचाउन स्रष्टाहरू सडकमा

२५ असार, काठमाडौं । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भएको अनिमियता तथा भ्रष्टाचार शुद्धिकरण हुनुपर्ने माग गर्दै स्रष्टाहरू सडकमा उत्रिएका हुन् । शुक्रबार ४ बजे भद्रकाली मन्दिरपछाडि नागरिक अभियन्ताहरूसँगै कवि, लेखकहरूले प्रदर्शन गरे । उनीहरूले स्वास्थ्य र शिक्षा क्षेत्रमा भएका सबै प्रकारका बेथिति अन्त्यको लागि २५ दिनदेखि सडक प्रदर्शन जारी राखेका छन् । ‘हाम्रो […]

राजनीति र साहित्यको सम्बन्ध

संस्कृत मनीषिहरूको परिभाषा सापट लिएर भन्ने हो भने जसमार्फत हितकारक भावनाको प्रसार हुन्छ, त्यसैलाई साहित्य भनिन्छ । कुनै पनि भाषाको कलात्मक लालित्यले परिपूर्ण लिखित वा मौखिक अभिव्यक्रि साहित्यको कोटिमा पर्छ । नेपाली बृहत् शब्दकोशका अनुसार कुनै देश वा जातिको व्यावहारिक वा भावनात्मक विषयसम्बन्धी ग्रन्थ, लेख आदि वाङ्मयलाई साहित्य भनिन्छ । अर्को शब्दमा जीवनजगत्सँग सम्बद्ध विविध विषयमा सौन्दर्य, रूप, गुण, भावुकता आदिका दृष्टिले अभिव्यक्त हुने वा रचिने हृदयस्पर्शी लेख, ग्रन्थ आदि नै साहित्य हुन् । साहित्यको सम्बन्ध मान्छेको मन र हृदयसँग रहन्छ । मनको भूमिका प्रधान हुने हुँदा साहित्य र साहित्यकार अलिक स्वच्छन्द प्रकृतिका हुन्छन् । राजनीति, समाज, धर्मजस्ता अनेकौँ सीमा, बन्धन र बारहरू साहित्यकारलाई मन पर्दैन । यस्ता सीमा र बन्धनको अतिक्रमण गर्नसमेत उनीहरू बेर लगाउँदैनन् । त्यसैले पाश्चात्य दार्शनिक प्लेटोले आफ्नो युटोपिया (काल्पनिक गणराज्य) मा कवि लेखकलाई प्रवेश निषेध गरेका थिए । प्रसिद्ध चिन्तक बीपी कोइरालाले भनेका थिए– ‘राजनीतिमा म समाजवादी हुँ भने साहित्यमा अराजकतावादी ।’ उनले बताएको अराजकताको अर्थ कुनै अनुशासन नभएको वितण्डावादी भनेको होइन, बरु स्वच्छन्द र स्वतन्त्र चिन्तनमा विश्वास गर्ने स्वयं अनुशासित व्यक्ति भनेको हो ।

बीपी युगको आवश्यकता अनुसार हिँडेका छन्

संस्कृतमा एउटा भनाइ छ–  ‘कवि करोति काव्यानी, रसं जानन्नि पण्डिताः’ अर्थात् कविहरूले कविता लेख्छन्,