एक लाख ५८ हजारले लगाए कोभिड खोप, कुन प्रदेशमा कति ?

काठमाडौं । नेपालमा हालसम्म एक लाख ५८ हजार भन्दा बढीले कोरोना खोप लगाएका छन् । कोभिड–१९ खोप अभियान अन्तर्गत आज (बिहीबार) अपरान्ह ४ बजेसम्म एक लाख ५८ हजार ४८७ जनाले खोप लगाएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले दिएको जानकरी अनुसार ७७ वटै जिल्लाका २०१ खोप केन्द्रहरुबाट सो संख्यामा खोप लगाइएको हो । प्रदेश नं १ मा २१ हजार ७५४, प्रदेश नं २ मा २१ हजार २८५, वागमती प्रदेशमा ५५ हजार ५०४, गण्डकीमा १७ हजार २६७, लुम्बिनीमा २३ हजार ७९८, कर्णालीमा आठ हजार ७२ र सुदूरपश्चिम प्रदेशमा १० हजार ९०७ जनाले खोप लगाएका मन्त्रालयले जनाएको छ । पहिलो चरणमा माघ २४ गते शनिबारसम्म खोप लगाइने पनि मन्त्रालयले जनाएको छ । सरकारले प्राथमिकताको आधारमा स्वास्थ्यकर्मी, सरसफाइकर्मी तथा कोरोना विरुद्ध उपचारमा संलग्न व्यक्तिहरुलाई खोप लगाइरहेको छ ।

सम्बन्धित सामग्री

भारतमा लगाइयो २०० करोड डोज कोभिड खोप

भारतमा झन्डै २०० करोड डोज कोभिड खोप प्रदान गरिएको छ । सन् २०२१ को १६ जनवरीमा खोप अभियान सुरु भएपछि शनिबारसम्म  १९९ दशमलब ९७ करोड डोज कोभिड खोप दिइएको हो । खोप सञ्चालन गरेको १८ महिनाको अवधिमा सो संख्यामा खोप प्रदान गरिएको हो ।यसअघि १०० करोड डोज प्रदान गर्न २२७ दिन लागेको थियो । गत वर्ष १७ सेप्टेम्बरमा एकै दिन २ दशमलव ५ करोड डोज कोभिड खोप दिइएको थियो, जुन अहिलेसम्मकै उच्च हो ।  कोविनका अनुसार १४ हजारभन्दा बढी साइट देशभर खोप सञ्चालन गरिरहेका छन् । देशको जनसंख्याको ९६ प्रतिशतले कोभिडक

भारतमा लगाइयो २०० करोड डोज कोभिड खोप

नयाँ दिल्ली- भारतमा झन्डै २०० करोड डोज कोभिड खोप प्रदान गरिएको छ । सन् २०२१ को १६ जनवरीमा खोप अभियान सुरु भएपछि शनिबारसम्म  १९९ दशमलव ९७ करोड डोज कोभिड खोप दिइएको हो । खोप सञ्चालन गरेको १८ महिनाको अवधिमा सो संख्यामा खोप प्रदान गरिएको हो । यसअघि १०० करोड डोज प्रदान गर्न २२७ दिन लागेको […]

नेपाल–भारतबीच कोभिड खोप प्रमाणपत्रको मान्यताका लागि हस्ताक्षर

नेपाल र भारत सरकारबीच कोभिड खोप प्रमाणपत्रको पारस्परिक मान्यताका लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ । मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा कोभिड खोप प्रमाणपत्रको पारस्परिक मान्यताका लागि समझदारी पत्रमा हस्ताक्षर भएको हो । स्वास्थ्य तथा जनसंख्यामन्त्री बिरोध खतिवडाको उपस्थितिमा नेपाल सरकारको तर्फबाट स्वास्थ्य सचिव डा. रोशन पोखरेल र भारत सरकारका तर्फबाट नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले सो समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् । यससँगै नेपालमा कोरोनाविरुद्धको खोप लगाएक

कोभिड खोप लगाएका व्यक्ति साउदी अरेबिया जान पाउने

कोभिड खोप दुवै मात्रा लगाएका व्यक्तिलाई मात्र देश भ्रमणको अनुमति दिइने निर्णय साउदी अरेबियाको सरकारले गरेको बताइएको छ।

कहिले आउँछ कोभिड खोप? खरिद प्रक्रिया के हुँदैछ?

अहिलेकै अवस्थामा अझै केही समय नेपालीले कोभिड खोप लगाउन पाउने संकेत देखिँदैन। स्वास्थ्य मन्त्रालयका कर्मचारीहरु नै छिटै खोप आउने सम्भावना नरहेको बताइरहेका छन्।

रोजगारदाता देशले 'कोभिड खोप' अनिवार्य गरेपछि नेपाली कामदार मारमा

हालैदेखि विदेशी कामदार आपूर्ति गर्दै आएका रोजगारदाता देशले ‘कोभिड खोप’ नलगाएका विदेशी कामदारलाई प्रवेशमा रोक लगाउन थालेपछि नेपाली कामदार मारमा परेका छन्

कोभिड खोप लगाएका दम्पतिले सन्तानको योजना बनाउन ढिलाई गर्नु आवश्यक छ?

सन्तानको योजना बनाइरहेका दम्पतिले कोभिड खोप लगाएपछि गर्भवती हुन कति समय पर्खनु पर्छ भन्ने जिज्ञासा हुनु स्वभाविक रहेको चिकित्सकहरु बताउँछन्।

कोभिड खोप छिटो ल्याउन सरकार प्रयासरत: प्रधानमन्त्री

कोभ्याक्ससँग छिटो खोप ल्याउन सरकार प्रयत्नरत रहेको प्रधानमन्त्रीले बताए। यसका साथै कोभिड खोप खरिदका लागि पनि सरकारले पहल गरिरहेको जानकारी दिए।

प्लाज्मा थेरापी गरेका व्यक्तिले कोभिड खोप लगाउन मिल्छ कि मिल्दैन?

भाइरोलोजिस्ट डा लुना भट्ट भन्छिन्, ‘प्लाज्मा थेरापी गरेका व्यक्तिले तत्काल कोभिड खोप लगाउन मिल्दैन। तर ३/४ महिनाको अन्तरालमा भने लगाउन मिल्छ।’