नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ३६ पैसा र बिक्रीदर १४३ रुपैयाँ ९६ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६८ रुपैयाँ ९४ पैसा र बिक्रीदर १६९ रुपैयाँ ६५ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको […]
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचन नजिकिँदै जाँदा निर्वाचन आचारसंहिता कस–कसलाई लागू हुन्छ भन्ने विषयमा चासो बढ्न थालेको छ । निर्वाचनलाई स्वच्छ, मर्यादित र विश्वसनीय बनाउन निर्वाचन आयोगले तयार पारेको निर्वाचन आचारसंहिता हाल सरोकारवाला निकायसँग परामर्शको चरणमा रहेको छ । आयोगले प्रस्ताव गरेको आचारसंहिताअनुसार नेपाल सरकारका मन्त्रीहरूलाई पूर्ण रूपमा आचारसंहिता लागू हुनेछ । […]
अमेरिकामा आफ्नै श्रीमतीको गोली हानी हत्या गरेको आरोपमा एक चर्चित किसान पक्राउ परेका छन्। क्यालिफोर्नियाका प्रतिष्ठित कृषि व्यवसायी ६३ वर्षीय माइकल अबाट्टीलाई अलग बस्दै आएकी पत्नीको हत्या गरेको अभियोगमा पक्राउ गरिएको नाभाजो काउन्टी शेरिफ कार्यालयले जनाएको छ। उनलाई पहिलो दर्जाको हत्या अभियोग लगाउँदै हिरासतमा राखिएको छ र हाल उनी एरिजोनामा सुपुर्दगीको प्रतीक्षामा छन्। घटनाको विवरण […]
काठमाडौं । बङ्गलादेश प्रिमियर लिग (बीपीएल)मा आबद्ध भएका नेपाली लेग स्पिन सन्दीप लामिछानेको टिमले आज पहिलो खेल खेल्दैछ। लामिछाने आबद्ध टिम राजशाही वारियर्सले शुक्रबार पहिलो खेल खेल्न लागेको हो। यो खेल नेपाली समय अनुसार दिउँसो १ः४५ बजे सुरु हुनेछ। पहिलो खेलमा वारियर्सले सिलेट टाइटन्सको सामना गर्न लागेको हो। पहिलो खेलमा सन्दीप प्लेइङ–११ मा पर्ने सम्भावना […]