प्रकोपबाट हुने क्षतिको न्यूनीकरण

अकस्मात् आएको बेमौसमी वर्षाका कारण धान बाली भित्र्याउन तयार रहेका कृषकहरू निकै मर्कामा परेका छन् । कुनकुन क्षेत्रमा कति क्षति भयो भन्ने निश्चित आँकडा आएको छैन । तर, अनुमानका आधारमा २० देखि ३० प्रतिशतसम्म धानमा क्षति पुगेको बताउन थालिएको छ । कुल गार्हस्थ्य उत्पादनमा झन्डै २६ प्रतिशत योगदान दिने कृषि क्षेत्र निकै जोखिमयुक्त क्षेत्र हो । प्रकोपहरूबाट सजिलै असर पर्ने यस क्षेत्रको जोखिम कम गर्न सकिएको छैन । कृषिबीमा गर्न सकिएको भए अहिलेका क्षतिमा किसानहरू यति धेरै रुवावासी गर्नुपर्ने थिएन । धान नकाट्न नभनेपछि किसानले यस्तो भविष्यवाणीको त्यति ध्यान दिएका पनि हुँदैनन् । त्यसैले मौसम भविष्यवाणी गर्दा किसानको पक्षलाई सुझाव दिने प्रणाली पनि अपनाउन आवश्यक देखिन्छ । मुलुकमा मौसम भविष्यवाणी गर्न मौसम पूर्वानुमान महाशाखा रहेको छ भने नेपाल कृषि अनुसन्धान परिषद् र राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रले कृषि मौसमबारे जानकारी दिने गरेका छन् । बुलेटिन प्रकाशन तथा एसएसएसबाट किसानहरूलाई आवश्यक सुझाव दिने गरेको पनि पाइन्छ । तर, यसपटक मौसम भविष्यवाणीमा केही तारतम्य मिलेको देखिएन भने कृषि मौसमको जानकारी पनि स्पष्टसँग दिएको पाइएन । अनुकूलता हेरी धान काट्नु भन्ने एसएमएस पठाएको भनिए पनि किसानहरूलाई स्पष्ट सुझाव दिन नसक्दा बढी क्षति भएको अनुमान गर्न सकिन्छ । त्यसैले अहिलेको क्षति कृषिविज्ञ र प्राविधिकहरूलाई चुनौती हो । अहिले मौसम पूर्वानुमान महाशाखाको आलोचना भइरहेको छ । पछिल्ला समय उसले गरेको भविष्यवाणी निकै मिल्छ थालेको छ । यसपटक पनि भविष्यवाणी नमिलेको चाहिँ होइन तर भविष्यवाणी गर्दा केही ढिला भएको हो । मौसम भविष्यवाणी गर्दा कति धेरै पानी पर्छ भन्न नसकेको देखिन्छ । धान नकाट्न नभने पछि किसानले यस्तो भविष्यवाणीको त्यति ध्यान दिएका पनि हुँदैनन् । त्यसैले मौसम भविष्यवाणी गर्दा किसानको पक्षलाई सुझाव दिने प्रणाली पनि अपनाउन आवश्यक देखिन्छ । अहिलेको वर्ष काटिएको धान डुबिसक्यो, कति त कुहिइ पनि सक्यो होला । कतिपयले परम्परागत ज्ञानको प्रयोग गरे पनि होलान् तर अहिलेको जमानामा परम्परागतभन्दा उच्चस्तरीय प्रविधि आवश्यक छ । सामाजिक सञ्जालहरूमा पनि काटेको धानलाई जोगाउन विभिन्न सुभाव दिइएको छ जुन पढेर किसानले लाभ लिन सक्ने सम्भावना न्यून छ । त्यसैले उच्च प्रविधि तत्काल सम्भव नभए पनि मध्यमकालमा उपाय अपनाउन भने सकिन्छ । कृषि प्राविधिज्ञहरू नभएका होइनन् । उनीहरूले गरेको काम बाहिर नआएको पनि हुन सक्छ । उनीहरूले दिएको सुझाव किसानले स्पष्ट नबुझ्दा पनि समस्या थपिएको हुन सक्छ । त्यसैले अब यस्तो जानकारी दिने प्रणालीा सुधार गर्नुपर्छ । वर्षाले शतप्रतिशत धान नष्ट भएको होइन । केही ठाउँका मात्रै बढी असर परेको हो । केही ठाउँमा त असर परेकै छैन भन्दा पनि हुन्छ । अहिले सबैले किसानलाई राहत दिनुपर्छ भनेर कराइरहेका छन् । तर, यस्तो राहत वास्तविक पीडितले भन्दा पहुँचवालाले पाउने विगतका घटनाहरूले देखाएका छन् । धानबाली नष्ट भएको यकिन तथ्यांक नभएको अवस्थामा यस्तो हुने सम्भावना अत्यधिक छ । त्यसैले वास्तविक पीडितले राहत पाउने खालको सहयोग दिइनुपर्छ । कृषि पेशा प्रकोपहरूको मार बढी पर्ने हो । जोखिम बढी भएको क्षेत्र हो । यसको जोखिम कम गर्ने उपाय भनेको बीमा हो । तर, बीमा व्यापक बन्न सकेको छेन । यसलाई व्यापक बनाउनु आवश्यक छ । सरकारले कृषि बीमामा अनुदान दिए पनि किसानहरूका लागि बीमा गराउन अझै सहज देखि“दैन । त्यसैले सामान्य किसानको पहुँचमा समेत बीमा पुर्‍याउनु जरुरी छ । अहिलेको अवस्थामा किसानले राहत पाउलान् तर मुलुकको धान उत्पादान घटेको छ । अब यसको आयात बढ्छ महँगो पनि पर्छ । त्यसैले अनुदान बाँड्न अग्रसर हुनुभन्दा पनि यसलाई दिगो नीतिका साथ सम्बोधन गर्नुपर्छ । त्यसो त प्रकोपको असर अन्य क्षेत्रमा पनि नपरेको होइन । सडक र पुल भत्किएर ठूलै क्षति भएको छ । जलविद्युत् आयोजना र उद्योगहरूमा पनि असर पुगेको पाइन्छ । त्यसैले बारम्बार हुने यस्तो प्रकोपबाट हुने क्षतिबाट जोगाउन दिगो नीति आवश्यक देखिन्छ ।

सम्बन्धित सामग्री

हिंसा न्यूनीकरण गर्न किशोरीलाई आत्मरक्षा तालिम

जुम्लाको गुठीचौर गाउँमा महिला हिंसा न्यूनीकरण गर्ने उद्देश्यले ३८ जना किशोरीलाई आत्मरक्षा तालिम प्रदान गरिएको छ।...

दुर्घटना न्यूनीकरण सम्बन्धी प्रशिक्षण सडकमै

काठमाडौं – नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनले सडक दुर्घटना न्यूनीकरण सम्बन्धी कार्यक्रम बानेश्वर–गौशाला सडक खण्डको बत्तिसपुतलीमा सम्पन्न गरेको छ । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन सफा ट्याम्पो काठमाडौं जिल्ला कमिटीले गरेको कार्यक्रममा सवारी चालक सहचालक तथा सडक प्रयोगकर्ताको सहभागिता रहेको थियो । सडक दुर्घटना न्यूनीकरण कार्यक्रममा बोल्दै गौशाला ट्राफिक प्रहरी कार्यालयका वरिष्ठ सहायक इन्स्पेक्टर परशुराम […]

दुर्घटना न्यूनीकरण गर्न टाइम कार्डसँगै ‘राडार गन’

पछिल्लो समय अचाक्ली सडक दुर्घटना बढ्दै गएपछि न्यूनीकरण गर्न ट्राफिक प्रहरीले अनेक उपाय अपनाउन थालेको छ।...

दुर्घटना न्यूनीकरण गर्न सामुदायिक कुकुरको बन्ध्याकरण

विराटनगर महानगरपालिकाले दुर्घटनालाई न्यूनीकरण गर्नका लागि सामुदायिक कुकुरको बन्ध्याकरण अभियान सुरु गरेको छ।...

ललितपुरमा सवारी दुर्घटना न्यूनीकरण गर्न कार्ययोजना प्रस्तुत

ललितपुर महानगरपालिकामा बढ्दो सवारीसाधनको चापलाई न्यूनीकरण र ट्राफिक व्यवस्थापन गर्न कार्ययोजना प्रस्तुत गरेका छ ।सोमबार आयोजित सवारी दुर्घटना न्यूनीकरण र ट्राफिक व्यवस्थापनमा ललितपुर महानगरपालिकाको भूमिका विषयक कार्यक्रमा  महानगरका मेयर चिरिबाबु महर्जन  र उपमेयर अञ्जली शाक्य बज्राचार्यले सवारी दुर्घटना न्यूनीकरण र ट्राफिक व्यवस्थापनमा नगरवासीलाई एकजुट हुन आग्रह गरेका छन् । कार्यक्रममा महर्जनले पाटनढोका बसपार्कबाट पाटनढोका गेटतर्फ चारपाङ्ग्रे सवारीसाधन एकतर्फी गरिएको बताए । यसैगरी

व्यापार घाटा न्यूनीकरण गर्नु मुख्य चुनौती: प्रधानमन्त्री

नेपाल चेम्बर एक्स्पो २०२२ काठमाडौंको भृकुटीमण्डपमा सुरू भएको छ । पाँचौ संस्करणको चेम्बर एक्स्पोको प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार उद्घाटन गरेका छन् ।पाँचौं संस्करणको चेम्बर एक्स्पोको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले व्यापार घाटा न्यूनीकरण गर्नु मुलुकका लागि मुख्य चुनौती भएको बताए । स्वदेशी उत्पादनलाई बढी भन्दा बढी गुणस्तरीय बनाई निर्यात प्रर्वद्धनमार्फत व्यापार घाटा न्यूनीकरण गर्न पनि प्रधानमन्त्री […]

लोकगायक सपुत र दुलाल ‘विपद् जोखिम न्यूनीकरण सदभावना दूत’

सरकारले चर्चित लोकगायक प्रकाश सपुत र लोकगायिक सुनिता दुलाललाई ‘विपद् जोखिम न्यूनीकरण सदभावना दूत’ नियुक्त गरेको छ ।नेपाल सरकार गृह मन्त्रालय अन्तर्गतको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बिहीबार सिंहदरबारमा पत्रकार सम्मेलन गरी चर्चित लोक गायक सपुत र गायिक दुलाललाई गीत संगीतको माध्यामबाट समुदायमा विपद्सम्बन्धी जनचेतना अभिवृद्धि गर्नका लागि ‘विपद् जोखिम न्यूनीकरण सदभावना दूत’ नियुक्त […]

प्रकाश सपुत र सुनिता दुलाल ‘विपद् जोखिम न्यूनीकरण सद्भावना दुत’ नियुक्त

काठमाडौं : गायक प्रकाश सपुत र गायिका सुनिता दुलाल ‘विपद् जोखिम न्यूनीकरण सद्भावना दुत’ नियुक्त भएका छन्। गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणले दुलाल र सपुतलाई एक वर्षका लागि ‘विपद् जोखिम न्यूनीकरण सद्भावना दुत’ नियुक्त गरेको हो। सद्भावना दुत नियुक्त भएपछि गायक सपुतले यो आफ्नो लागि एउटा…

‘विपद् जोखिम न्यूनीकरण सद्भावना दूत’ मा प्रकाश सपुत र सुनिता दुलाल नियुक्त

काठमाडौँ । लोकगायक प्रकाश सपुत र लोक गायिका सुनिता दुलाल ‘विपद् जोखिम न्यूनीकरण सद्भावना दूत’ नियुक्त भएका छन् । गृह मन्त्रालय अन्तर्गतको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बिहीबार सिंहदरवारमा आयोजित पत्रकार सम्मेलनमा प्रकाश र सुनितालाई ‘विपद् जोखिम न्यूनीकरण सद्भावना दूत’ नियुक्त गरेको जानकारी गराएको हो । गीत सङ्गीतको माध्यमबाट समुदायका विपद् जोखिम न्यूनीकरण सम्बन्धी […]

विपद्का बेला के गर्दैछ विपद् न्यूनीकरण प्राधिकरण ?

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन गर्न भन्दै २०७४ कात्तिकमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण बन्यो । प्राकृतिक प्रकोप तथा अन्य विपद्को समयमा राहत, उद्धार, पुनस्र्थापना गर्ने र विपद् आइपर्ने स्थान, सम्भावित जोखिम आदिका बारेमा पूर्वजानकारी दिई जनतालाई सुरक्षित गराउने प्राधिकरण स्थापनाको उद्देश्य हो ।नेपालमा सामान्यतया जेठ १५ गते पछि मनसुन सुरु हुन्छ र त्यसपछि नै बाढी, पहिरो, नदी कटान आदि समस्या सुरु हुन्छ । मनसुन करिब १ सय दिन रहने भएको कारण त्यो समयलाई प्राकृतिक प्रकोपको बढी जोखि