ट्रम्पलाई यति चाँडै सफलताको श्रेय नलिन ओबामाको सुझाव

ट्रम्पलाई यति चाँडै सफलताको श्रेय नलिन ओबामाको सुझाव

ट्रम्पलाई यति चाँडै सफलताको श्रेय नलिन ओबामाको सुझाव

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पछिल्लो समय आर्थिक विकासको सम्पूर्ण श्रेय आफैँलाई दिइ आफ्नो नीतिप्रति अत्याधिक गर्व व्यक्त गर्दै आइरहेका छन् । आधुनिक समयमा अमेरिकाले हालमा जस्तो आर्थिक वृद्धि कहिल्यै नदेखेको उनको भनाइ छ । तर यसै विषयमा पूर्व राष्ट्रपति बाराक ओबामाले भने छुट्टै धारणा व्यक्त गर्दै नयाँ बहस सुरु गरेका हुन् । शुक्रबार लामो समयपछि यस विषयमा बोल्दै उनले ट्रम्पको लगातारको अभिमानप्रति असन्तुष्टि जनाएको न्युयोर्क टाइम्सले उल्लेख गरेको छ ।

उनका अनुसार ट्रम्पले यति चाँडै सबै कुराको श्रेय लिनु कुनैपनि ढङ्गमा उचित होइन । ४४ र ४५ औँ राष्ट्रपतिबीच आर्थिक विकासलाई लिएर सुरुवातदेखि नै प्रतिस्पर्धा भइरहेको पाइएको थियो । यस्तोमा ओबामाको सो अभिव्यक्तिसँग आक्रोशित हुँदै ट्रम्पले पनि कडा जवाफ दिएका हुन् । वास्तवमा चुनाव सम्बन्धि एक अभियानमा सहभागी भएका ओबामाले शुक्रबारको भाषणमा यस्तो भनेका थिए , ‘रोजगारी लगायतका आर्थिक मुद्दामा देखिएको वृद्धिलाई अहिलेको सरकारले चमत्कार भनिरहेको छ । तर वास्तवमा २०१५ र २०१६ मा पनि तथ्याङ्कले त्यही नतिजा देखाएको थियो । ’

ओबामाको यही भनाइपछि आक्रोशित हुँदै ट्रम्पले उनको कार्यकालमा अमेरिकी अर्थतन्त्र सबैभन्दा कमजोर रहेको आरोप लगाएका हुन् । यति मात्र नभएर उनले ट्वीट गर्दै ओबामाले आफ्नो सफलताको श्रेय लिन खोजिरहनु शर्मनाम भएको समेत उल्लेख गरेका छन् । ओबामाले सबैलाई आशा मात्र देखाएको तर काम गरेर नतिजा ल्याउनमा भने आफ्नो योगदान बढी रहेको बताउँदै ट्रम्पले उनको तुलनामा आफू धेरै सफल राष्ट्रपति रहेको दाबी गरेका हुन् ।

वास्तवमा ट्रम्पले आगामी चुनावलाई ध्यानमा राख्दै आर्थिक वृद्धिलाई आफ्नो मुख्य हतियार बनाइरहको विपक्षीहरुको आरोप छ । विभिन्न अनैतिक काण्ड, विवादास्पद ट्वीट, एफबीआइको अनुसन्धान, र कूटनीतिक विपत्तिमा फसिरहेका कारण पनि ट्रम्प विवादित राष्ट्रपति कहलिँदै आएका छन् । त्यसकारण पनि चुनाव नजिकीँदै गर्दा आर्थिक क्षेत्रलाई उनले बढी प्राथमिकता दिइरहेको बताइएको छ ।

सम्बन्धित सामग्री

चीनले मलाई हराउन 'जे पनि गर्न सक्छ' : ट्रम्प

काठमाण्डाै – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि एक पटक चीनमाथि आरोप लगाएका छन् । समाचार एजेन्सी रोयटर्सलाई बुधबार दिएको अन्तर्वार्तामा ट्रम्पले भने, ‘चीन चाहँदैन कि म दोस्रो पटक राष्ट्रपति बनुँ ।’    चीनले कोरोना भाइरस (कोभिड १९) को महामारीलाई जसरी लिइरहेको छ, त्यो नै प्रमाण भएको ट्रम्पले ब...

उज्यालो अनलाइन

मलाई फेरि राष्ट्रपति बन्न नदिन चीनले जे पनि गर्न सक्छ - ट्रम्प

१८ वैशाख, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनले आफूलाई राष्ट्रपति बन्नबाट रोक्न जे पनि गर्न सक्ने बताएका छन् । रोयटर्सलाई दिएको अन्तर्वार्तामा ट्रम्पले  चीनले आफूलाई दोस्रोपटक अमेरिकाको राष्ट्रपति बनेको हेर्न नचाहेको बताए । उनले अहिले …

अनलाइनखबर

चुनावमा चीनले हस्तक्षेप गर्न खोजेको छ : ट्रम्प

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले चीनले अमेरिकाको  मध्यावधि चुनावलाई प्रभावित गर्न खोजेको आरोप लगाएका छन्। राष्ट्रपति ट्रम्पले आफुले चीनको व्यापारिक मुद्धामा चुनौती दिएको भन्दै उसले आफ्नो जीत नचाहेको पनि उनकाे भनाइ छ। परमाणु, रासायनिक र जैविक हतियारमा रोक लगाउने विषयमा सुरक्षा परिषदको बैठकमा राष्ट्रपति ट्रम्ले यस्तो आ...

थाहा खबर

यी आठ देशका नागरिक जो अमेरिका जान पाउँदैनन्

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जोड गर्दै आएजस्तै मुस्लिम वाहुल्य देशसहित विभिन्न ८ देशका नागरिकलाई अमेरिका प्रवेशमा रोक लागेको छ ।  राष्ट्रपति ट्रम्पले आफ्नो निर्वाचनको एजेण्डाका रुपमा यो एजेण्डा अघि सारेका थिए । यसअघि लगाइएको प्रतिबन्धलाई अमेरिकी सर्वोच्च अदालतले सदर गरिदिएको छ ।  राष्ट्रपति ट्रम्पले गएको वर्ष न...

उज्यालो अनलाइन