महानगरपालिकाले काञ्जि हाउसमा लैजान थाल्‍यो छाडा चौपाया

२३ कात्तिक, काठमाडौं । काठमाडौं महानगरपालिकाले सडकमा छाडिएका पशु चौपायालाई काञ्जि हाउसमा लैजान सुरु गरेको छ । दक्षिणकाली नगरपालिका वडा नम्बर ७ कोपुगाउँमा रहेको काञ्जी हाउसमा आजबाट महानगर प्रहरी मार्फत छाडा पशु चौपाया लान सुरु गरेको महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले बताए । पहिलो दिन ५ वटा गाईबाच्छालाई संकलन गरेर काञ्जि हाउस लगेको उनले बताए […]