युक्रेनका राष्ट्रपति जेलेन्स्कीकी श्रीमती युद्धको बीचमा किन अचानक अमेरिका पुगिन् ?

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीकी पत्नी ओलेना जेलेन्स्का उच्चस्तरीय बैठक र कंग्रेसलाई सम्बोधन गर्न अमेरिकाको भ्रमणमा छिन् ।चार महिनाअघि भोलोडिमिर जेलेन्स्की आफैंले अमेरिकी संसदलाई भर्चुअल सम्बोधन गरेका थिए ।ह्वाइट हाउसका अनुसार, ओलेना जेलेन्स्काले सोमबार विदेश सचिव एन्टोनी ब्लिन्केनसँग र मंगलबार राष्ट्रपति जो बाइडेनसँग भेटवार्ता गरिन् ।   बाइडेनले यसअघि मे महिनामा युक्रेनको भ्रमण गरेका थिए ।ओलेनाले पनि अमेरिकी संसदमा सांसदहरुलाई पनि सम्बोधन गर्नेछिन् । उनीससँग युक्रेनको सरकारम