४५ प्रतिशत बजेट असार महिनामा मात्रै खर्च

४५ प्रतिशत बजेट असार महिनामा मात्रै खर्च

 साउन २०, २०७५ आइतवार १२:२५:१७ | जयराज अवस्थी

बैतडी – गएको आर्थिक वर्षको कुल बजेट मध्ये ४५ प्रतिशत बजेट असार महिनामा मात्रै खर्च भएको छ । 

अधिकांश विकासको रकम असारमा खर्च भएको हो । कोष तथा लेखा नियन्त्रण कार्यालयका अनुसार असार महिनामा ७ करोड ९३ लाख बजेट खर्च भएको छ । बैतडीमा कुल पुँजीगत बजेट २ अर्ब १५ करोड ७९ लाख मध्ये १ अर्ब ८४ करोड ६४ लाख मात्रै खर्च भएको छ । खर्च भएको रकम मध्ये ४५ प्रतिशतको हाराहारीमा असार महिनामा खर्च भएको प्रमुख कोष नियन्त्रक वासुदेव जोशीले बताउनुभयो ।

अर्थमन्त्रालयले ढिलो रकम निकासा गर्दा रकम फ्रिज हुने र असारमै खर्च भएको देखिने कार्यालयहरुले बताएका छन् ।

जिल्लाका मुख्य विकासे कार्यालयहरुको रकम काम गर्न नसकेर फ्रिज भएको छ । खानेपानी तथा सरसफाई डिभिजन कार्यालयको ३ करोड ५ लाख, डिभिजन सडक कार्यालयको १५ करोड २१ लाख, शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालयको ८२ लाख जलउत्पन्न प्रकोप व्यवस्थापन कार्यालयको ३ करोड ७२ लाख र जिल्ला समन्वय समिति(जिल्ला प्राविधिक) कार्यालयको ३ करोड ७२ लाख रकम फ्रिज गएको कोष नियन्त्रक जोशीले बताउनुभयो ।

गाँउगाउँमा सरकार पुगे पनि विकास निर्माणका कामलगायत अन्य कामहरु पुरानै शैलीमा भइरहेको प्रति नागरिकहरु असन्तुष्ट भइरहेका छन् । 
 

सम्बन्धित सामग्री

पुँजीगत खर्च न्यून

चालू आर्थिक वर्षको चार महिनामा पुँजीगत खर्च न्यून देखिएको छ । महालेखा नियन्त्रकको कार्यालयले जनाएअनुसार चार महिनामा २६ अर्ब ३२ करोड १५ लाख रुपैयाँ खर्च भएको छ । चालू आर्थिक वर्षका लागि पुँजीगततर्फ कूल ३ खर्ब ५२ अर्ब ९१ करोड रुपैयाँ बजेट विनियोजन भएकोमा कात्तिक २४ गतेसम्म विनियोजित पुँजीगत बजेटको ७.४६ प्रतिशत बजेटमात्र खर्च भएको […]

कारोबार दैनिक

बागमती प्रदेशको खर्च ५८ प्रतिशत मात्र

बितेको आर्थिक वर्ष २०७६-०७७ मा बागमती प्रदेशले कुल बजेटको ५८ प्रतिशत मात्र खर्च गर्न सक्षम भएको छ । कुल ४७ अर्ब ६० करोड रुपैयाँको बजेट ल्याएको प्रदेश सरकारले बितेको असार मसान्तसम्ममा २८ अर्ब ४ करोड रुपैयाँ मात्रै खर्च भएको जनाएको छ । जसमध्ये पुँजीगततर्फ १५ अर्ब ५९ करोड रुपैयाँ र चालुतर्फ १२ अर्ब ४४ करोड रुपैयाँ खर्च भएको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ । आर्थिक वर्ष २०७५-०७६ मा करिब ६१ प्रतिशत बजेट खर्च गरेको प्रदेश सरकारको बजेट खर्च गत आर्थिक वर्षमा अझै खस्किएर ५८ प्रतिशतमा खुम्चिएको हो ।

कारोबार दैनिक

गण्डकी प्रदेशको बजेट खर्च ३९ प्रतिशत

गण्डकी प्रदेशमा हालसम्म करिब ३९ प्रतिशत बजेट खर्च भएको छ । गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७६÷७७ का लागि ३२ अर्ब १३ करोड ४७ लाख ९२ हजार बजेट विनियोजन गरेकोमा आर्थिक वर्षको करिब एक महिना अवधी बाँकी रहँदा अर्थात असार ५ गतेसम्ममा ३८.६० प्रतिशत बजेट खर्च गरेको गण्डकी प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको हो ।

नागरिक दैनिक

कर्णालीमा १२ % मात्रै खर्च

चालू आर्थिक वर्षको नौ महिनामा कर्णाली प्रदेश सरकारको १२ प्रतिशत मात्रै बजेट खर्च भएको छ । प्रदेश मन्त्रालय र मातहतका निकायलाई अख्तियारी भएको २६ अर्ब २८ करोड ३६ लाख मध्य ३ अर्ब ७ करोड २५ लाख अर्थात ११ दशमलव ९४ प्रतिशत मात्रै खर्च गरेको भएको हो । यसमा पनि पुँजीगत खर्च १० प्रतिशत मात्रै खर्च भएको छ भने चालूतर्फ १६ प्रतिशत खर्च भएको छ ।

कारोबार दैनिक

बजेट खर्च गर्न नसक्दा विकास सुस्त

पूँजीगत खर्चलाई विकास खर्चको रूपमा लिइन्छ । चालू आर्थिक वर्षको ८ महिना वितिसक्दा मुलुकमा करिब ३० प्रतिशत मात्रै विकास बजेट खर्च भएको छ । चालू आर्थिक वर्षमा पूँजीगत बजेटतर्फ कुल ३ खर्ब १३ अर्ब ९९ करोड ८२ लाख रूपैयाँ रहेको थियो । सोमध्ये अहिलेसम्म करिब ३० प्रतिशत मात्रै खर्च भएको हो । चालू खर्चतर्फ कुल बजेटको करिब ५० प्रतिशत खर्च भएको छ । चालूतर्फ कुल बजेट ८ खर्ब ४५ अर्ब ४४ करोड ७५ लाख रूपैयाँ रहेको थियो । चालू आर्थिक वर्षको दोस्रो चौमासिकसम्म कुल बजेटको ४१ दशमलव ९७ प्रतिशत खर्च भएको छ ।

कारोबार दैनिक

तनहुँमा ९० प्रतिशत बजेट खर्च

आर्थिक वर्ष २०७४÷७५ का लागि तनहुँमा विनियोजित बजेटमध्ये ९०.८ प्रतिशत बजेट खर्च भएको छ । कुल ९ अर्ब ८९ करोड ५५ लाख ६७ हजार ३ सय ८१ रुपैयाँ विनियोजन भएकोमा असार मसान्तसम्म ८ अर्ब ९८ करोड ५० लाख ८४ हजार ३ सय ८५ रुपैयाँ खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालय तनहुँले जानकारी दिएको छ ।

कारोबार दैनिक