काठमाण्डाै - ललितपुर महानगरपालिकाको नगर प्रहरीले सडक र गल्लीहरुमा फ्याँकिएका चाउचाउ, चकलेटका खोल तथा प्लास्टिकका टुक्रा टिप्ने अभियान शुरु गर्दैछ । यस्ता फोहर उठाउन नगरप्रहरीको गाडीमा एक जना चालक र एक जना नगर प्रहरी गरी दुई जना खटिनेछन् ।
महानगरका २९ वटै वडामा बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म गाडी चालकसहित नगरप्रहरी फोहर उठाउँदै टोल टोलमै पुग्ने छन् । यो अभियानले ललितपुर महानगरपालिकाललाई थप सफा र सुन्दर बनाउन सहयोग गर्ने नगर प्रहरी प्रमुख सीताराम हाछेथुले बताउनु भयो ।
'आफ्नाे घर सफा गरे...