बरिष्ठ अधिवक्ता टिकाराम भट्टराई भन्छन्, सभामुखले तत्काल संसद बैठक आह्वान गर्नुपर्छ

काठमाडौं। बरिष्ठ अधिवक्ता टिकाराम भट्टराईले संविधानको प्रयोग गर्दै तत्काल सभामुखले संसद बैठक आह्वान गर्नुपर्ने बताएका छन्। सभामुख अग्नी सापकोटासँगको छलफलमा भट्टराईले संविधानको धारा १०३ को उपधारा २ बमोजिम सभामुखले बैठक आह्वान गर्नुपर्ने बताएका हुन। उनले भने, "सर्वोच्च अदालतको फैसल्ला,संविधानको धारा १०३ को उपधारा २, धारा ११९ को उपधारा ३ लाई उद्धृत गर्दै सभामुखले प्रतिनिधिसभा वैठक आह्वान गर्नुपर्छ।"