बुटवलमा पुरानै अनुहार, पुरानै एजेण्डा

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको प्रचारप्रसार अन्त्यतिर पुगेको छ । उम्मेदवारहरुले मतदातासामु आफ्ना एजेण्डा र प्राथमिकता राखिसकेका छन् । यसै क्रममा रुपन्देही क्षेत्र नं. २ का उम्मेदवारले पुरानै एजेण्डालाई अघि सारेर मतदातासामु भोट मागेका छन् । यतिमात्र होइन, यो क्षेत्रमा प्रमुख दलका उम्मेदवार पनि पुरानै छन् ।एमालेका उपाध्यक्ष विष्णु पौडेल २०६४ सालदेखि रुपन्देही क्षेत्र नम्बर २ मा लगातार सांसद छन् । तर पौडेलका अधिकांश चुनावी प्रतिबद्धता १५ वर्षअघि र अहिले पनि करिब उस्तै छन् । धेरै आयोजना अध