काठमाण्डौको फोहोर उठाइसक्न अझै एक हप्ता लाग्ने

काठमाण्डौ – फोहोर थुपार्ने ठाउँमा भएको अवरोधका कारण काठमाण्डौ उपत्यकाको सडक, चोक र गल्लीहरुमा फोहोर थुप्रिएको छ ।  एक हप्ता भन्दा बढी समयदेखि थुप्रिएको फोहोर कुहिँदा दुर्गन्ध बढेर हिंडडुल गर्न समेत समस्या भएको छ । विभिन्न चोकहरु फोहोरको दुर्गन्धका कारण केहीबेर गाडी कुर्न पनि समस्या भएको छ । पैदलयात्री तथा व्यवसाय गर्नेहरुले पनि उस्तै समस्या झेलिरहेका छन् ।  काठमाण्डौ महानगरपालिकाले समस्या समाधान नहुन्जेल कुहिने फोहोर घरमै व्यवस्थापन गर्न र नकुहिने फोहोर पनि सडकमा ननिकाल्न आग्रह गरेको भएपनि सडकमा फ...