प्रचण्ड पक्राउ गर्न माग गरिएको रिट दरपीठ गर्नुको कारण खोज्यो सर्वोच्चले

सर्वोच्च अदालतले नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पक्राउ गर्न माग गर्दै परेको रिट दरपीठ गर्नुको कारण मागेको छ ।  सोमबार न्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलासले प्रचण्डलाई पक्राउ गर्न माग गर्दै परेको रिट दरपीठ गर्नुको कारण सर्वोच्च अदालत प्रशासनसँग मागेको हो । कल्याण बुढाथोकी, ज्ञानेन्द्रराज आरणसमेतले दिएको निवेदनमाथि सुनवाई गर्दै सर्वोच्चले उक्त रिट दरपीठ गर्नुको कारण आफ्नै प्रशासनसँग मागेको हो ।  १ माघ २०७६ मा काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रचण्डले माओव

सम्बन्धित सामग्री

दलको आधिकारिकता प्रदान गर्न आयोगसँग प्रचण्ड-नेपालको माग

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले पार्टीको आधिकारिकता प्रदान गर्न निर्वाचन आयोगसँग पुनः माग गरेको छ । सोमबार बसेको सो समूहको सचिवालय बैठकले तत्काल दलको आधिकारिकता निरूपण गरिदिन निर्वाचन आयोगलाई ध्यानाकर्षण गराउने निर्णय गरेको हो । बैठकले पार्टीको आधिकारिकता निरुपण नहुँदा कानुनी उल्झन खडा भएको भन्दै छिनोफानो गरिदिन आग्रह गर्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनुभयो । त्यस्तै, आजको सचिवालय बैठकले तत्काल स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठक आह्वान गर्ने निर्णय गरेको छ ।

अविलम्ब बैठक बोलाउन माग गर्दै प्रचण्ड-नेपाल पक्षका सांसदले बुझाए ज्ञापन पत्र

प्रदेश सभाको बैठक अविलम्ब बोलाउन माग गर्दै नेकपा प्रचण्ड-नेपाल समूहका सांसदहरूले बाग्मती प्रदेश सभाका सभामुख सानुकुमार श्रेष्ठलाई ज्ञापन पत्र बुझाएका छन् । मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भइसकेको अवस्थामा संसद् बैठक सूचना टाँसेर स्थगित गरिएपछि प्रचण्ड-नेपाल पक्षका सांसदहरूले ज्ञापन पत्र बुझाएका हुन् । सांसद अष्टलक्ष्मी शाक्यको हस्ताक्षर रहेको पत्रमा बैठक स्थगित गर्ने गरी बुधवार जारी सूचना सच्याइ अविलम्ब प्रदेश सभाको बैठक बोलाएर अविश्वासको प्रस्तावलाई छिटोभन्दा छिटो टुंग्याउँदा माग गरिएको छ । प्रचण्ड-नेपा...

रामकुमारी झाँक्रीलाई रिहा गर्न उच्च अदालत बार एशोसिएशनको माग

उच्च अदालत बार एशोसिएशन पाटनले नेकपाको प्रचण्ड-माधव नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीलाई तत्काल रिहा गर्न माग गरेको छ

रामकुमारी झाँक्रीलाई तत्काल रिहा गर्न प्रचण्ड नेपाल समूहको माग

काठमाडौं । प्रहरीले राज्य विरुद्धको कसुर गरेको अरोपमा नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड माधव समूहकी नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको प्रहरी टोलीले रामकुमारीलाई शंखमुलस्थित निवास बाटै पक्राउ गरेको हो । पक्राउ गर्ने समयमा झाँक्रीका समर्थकहरुले सरकारविरुद्ध नाराबाजी गरेका थिए । महाशाखाले राज्य विरुद्धको कसूरमा अनुसन्धान गर्न भनी झाँक्रीलाई पक्राउ पूर्जी जारी गरेको छ । महानगरीय अपराध महाशाखाले जारी गरेको जरुरी पक्राउ पुर्जिमा लेखिएको छ, ‘राज्य विरुद्धका कसूर अन्र्तगत दफा ५८ को कसुरको अनुसन्धानको सिलसिलामा तत्काल पक्राउ गर्नुपरेकाले यो पुर्जि जारी गरिएको छ ।’ मुलुकी अपराध संहिताको दफा ५८ मा राष्ट्रपति वा संसदलाई धम्की दिन नहुने व्यवस्था छ । यसको दफा १ मा लेखिएको कसैले नेपालको राष्ट्रपति वा संसदलाई संविधान तथा कानुन बमोजिम गर्नुपर्ने कार्य सम्पादन गर्नबाट रोक लगाउन वा वञ्चित गर्न वा कुनै खास तरिकाबाट कार्यसम्पादन गर्न बाध्य गराउन कुनै किसिमको बल प्रयोग गरी वा नगरी कुनै किसिमको धम्की दिन, डर वा त्रास देखाउन वा अन्य कुनै किसिमले दबाब दिन हुदैन । भन्ने उल्लेख छ । यस्तो कसूरमा कसूरदारलाई ७ बर्ष कैद वा ७० हजार रुपैयाँ जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ । विहिबार बिहानै सादा पोसाकका प्रहरी झाँक्रीलाई पक्राउ गर्न शंखमुलस्थित निवास पुगेपनि झाँक्रीले पक्राउ पूर्जीबिना आफुले गिरफ्तारी नदिने बताउनुभएको थियो । निवासमा पुगेका सञ्चारकर्मीसंग प्रतिक्रिया दिदै उहाँले सरकारविरुद्ध आफुहरु सडक आन्दोलनमा रहेकाले सरकारले नियम अनुसार पक्राउ गर्न सक्ने तर आफ्ना अभिव्यक्तिहरु राजनीतिक विषय भएको दाबी गर्नुभएको थियो । सादा पोसाकका प्रहरी निवास पुगेसंगै पुगेका उहाँका समर्थकले झाँक्रीको समर्थन तथा सरकार विरुद्ध नाराबाजी गरेका थिए । तत्काल रिहा गर्न प्रचण्ड नेपाल समूहको माग नेत्री झाँक्रीलाई तत्काल रिहा गर्न नेकपा प्रचण्ड नेपाल पक्षले माग गरेको छ । पक्राउ लगत्तै पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले एक विज्ञप्ति प्रकाशित गर्दै झाँक्रीलाई निःशर्त रिहा गर्न माग गर्नुभएको हो । ‘लोकतन्त्रमा राजनीतिमा संलग्न कुनै पनि व्यक्ति वा संस्था आलोचनाभन्दा माथि हुन सक्दैनन् भन्ने तथ्य स्पष्ट हुँदाहुँदै पनि ...

रामकुमारी झाँक्री पक्राउले प्रचण्ड-नेपाल समूह आश्चर्यचकित, अविलम्ब रिहा गर्न माग

नेकपाको प्रचण्ड-नेपाल समूहले नेतृ रामकुमारी झाँक्रीलाई निःशर्त र अविलम्ब रिहा गर्न माग गरेको छ । प्रवक्ता नारायणकाजी श्रेष्ठले विज्ञप्ति जारी गर्दै सरकारको हर्कतको भर्त्सना गर्दै उनलाई अविलम्ब रिहा गर्न माग गरेका हुन्

प्रचण्ड–नेपाल समूहले निर्वाचन आयोगसँग माग्यो कागजको प्रतिलिपि

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड नेपाल समूहले नेकपासँगै सम्बन्धित सबै कागजातको प्रतिलिपि माग गरेको छ । अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालसहित नेताहरू आइतवार निर्वाचन आयोगमा पुगेर पार्टीसँग सम्बन्धित कागजातको प्रतिलिपि माग गरेका हुन् ।  प्रचण्ड–नेपाल समूहले प्रतिनिधिसभा विघटन र नयाँ निर्वाचन घोषणा सम्बन्धी विषय सर्वोच्चमा विचाराधीन भएको अवस्थामा चुनावको तयारी अगाडि नबढाउन आग्रह गरेको छ । ‘सर्वोच्चमा मुद्दा विचाराधीन रहेको अवस्थामा चुनावी तयारी नगर्न र निर्वाचन आयोगम...

निर्वाचन प्रक्रिया रोक्न माग गर्दै प्रचण्ड-नेपाल पक्ष आयोगमा

काठमाडौं । पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी(नेकपा) ले निर्वाचन प्रक्रियाका काम रोक्न निर्वाचन आयोगलाई आग्रह गरेको छ । सोमबार अध्यक्षद्वय प्रचण्ड र नेपालसहित केही शिर्ष नेताहरु निर्वाचन आयोग पुगेर निर्वाचन प्रक्रिया सम्बन्धी काम अगाडी बढाउँदा प्रतिनिधि सभा विघटन सम्बन्धी सर्वोच्च अदालतमा विचाराधिन रहेको मुद्दामा प्रभाव पार्ने भएकाले निर्वाचन प्रक्रियाका काम रोक्न माग गरेको हो । सर्वोच्च अदालतको अन्तिम फैसला नआउञ्जेल निर्वाचन प्रक्रियाका कार्यक्रम रोक्न माग गरिएको नेकपाका नेता लिलामणि पोखरेलले बताउनुभयो । साथै निर्वाचन आयोगमा रहेको नेपाल कम्युनिष्ट पार्टी(नेकपा) सँग सम्बन्धित कागजातहरुको प्रतिलिपि पनि माग गरिएको नेता पोखरेलले बताउनुभयो । निर्वाचन आयोगले निर्वाचन घोषणा भइसकेपछि मतदाता नामावली थपघट रोक्ने र स्थायी प्रकृतिको काम, मतदान केन्द्रहरु टुंगो लगाउने प्रारम्भिक काम मात्रै गरिएको, अन्य काममा प्रवेश नगरेको स्पष्ट पारेको नेता पोखरेलले बताउनुभयो ।