३० जिल्लामा काँग्रेस अधिवेशन आज : बाँकी कहाँ कहाँ रोकियो ?

नेपाली काँग्रेसले शुक्रबार (आज) दुई वा दुईभन्दा बढी संघीय निर्वाचन क्षेत्रमा भएका जिल्लाको अधिवेशन गर्दै छन् । काँग्रेसको केन्द्रीय निर्वाचन समितिले दुई वा दुईभन्दा बढी संघीय निर्वाचन क्षेत्र भएका जिल्लामा आज अधिवेशन हुन लागेको जनाएको छ ।एक मात्र निर्वाचन क्षेत्र भएका ३१ जिल्लामा अधिवेशन सकिएको छ । एउटा निर्वाचन क्षेत्र भएका धनकुटा, सोलुखुम्बु, रसुवा र दार्चुलामा जिल्ला अधिवेशन सम्पन्न हुन सकेको छैन । निर्वाचन समितिका सदस्य सचिव जगन्नाथ श्रेष्ठले दार्चुला र सोलुखुम्बुमा आज अधिवेशन सम्पन्न हुने ब

सम्बन्धित सामग्री

काँग्रेस अधिवेशन : मतदान अधिकृत बिरामी भएपछि वडाको मतदान नै रोकियो

नेपाली काँग्रेस महोत्तरीको विवादका कारण स्थगित भएको मनरासिस्वा वडा नम्बर ८ मा पुनः विवाद सिर्जना भएको छ । सर्वसम्मतिमा आज १० बजेका लागि वडाको पाटी कार्यालयमा मतदान हुने निर्धारण भएको थियो ।तर  केहीबेर अगाडि निर्वाचन अधिकृत दुर्गा परियारले निर्वाचन गर्न नसकिने सूचना  निकालेपछि अधिवेशन पुनः अन्योलमा बनेको छ । मतदानको मिति र स्थान पटक–पटक निर्धारण भएपनि उक्त वडाको अधिवेशन निर्वाचन अधिकृतकै कारण बिथोलिँदै आएको छ । ‘अहिले पनि निर्वाचन अधिकृतले पुरानो रवैया अपनाएका छन्, यसमा

गुल्मीमा काँग्रेस अधिवेशन : मतदान प्रक्रिया रोकियो

नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत गुल्मीमा नयाँ नेतृत्व चयनका लागि सुरु भएको मतदान प्रक्रिया रोकिएको छ । मुसिकोट नगरपालिका मतदान केन्द्रमा मतपत्रमा संकेत देखिएपछि मतदान प्रक्रिया रोकिएको हो।  मतदान चलिरहेका बेला मतपत्रमा अर्धकट्टी र क्रम संख्या उल्लेख गरिएको फेला परेपछि सभापतिका उम्मेदवार बेदबहादुर थापाले आपत्ति जनाएका छन्। उनले निर्वाचन समितिलाई लिखित पत्र दिएर मतदान रोक्न पनि आग्रह गरेका छन्।  ‘मतपत्रमा अर्धकट्टी र मतपत्रमा क्रम संख्या उल्लेख गरी नियोजित तरिकाबाट