काठमाडौँ – कर्णाली प्रदेशको मुगु जिल्लामा अवस्थित रारा ताल क्षेत्रमा बिजुली उपलब्ध भएको छ। नेपाल विद्युत् प्राधिकरणले सो जिल्लाको दुई हजार ९९० मिटर उचाइमा अवस्थित रारा ताल क्षेत्रमा विद्युत् पुर्याएको हो। प्राधिकरणले आफ्नो स्वामित्वमा मुगुमा रहेको ४०० किलोवाट क्षमताको गमगाढ जलविद्युत गृहबाट उत्पादित विद्युत् करिब २५ किलोमिटर लामो प्रसारणलाइन निर्माण गरी आजदेखि रारा क्षेत्रका ग्राहकलाई […]