सेन्ट्रल फाइनान्स सिमराको सहयोग

काठमाडौं– सेन्ट्रल फाईनान्स लिमिटेड सिमरा शाखाले जितपुर सिमरा उपमहानगरपालिका–१ स्थित विभिन्न धार्मिक क्षेत्रलाई डष्टबिन वितरण गरेको छ । संस्थाको सिमरा शाखा प्रमुख सन्तोष कार्कीले विभिन्न मन्दिरका व्यवस्थापन समितिको अध्यक्षलाई डष्टबिन वितरण गरेका थिए । मन्दिर परिसरमा भएको फोहोर व्यवस्थापनमा सहज बनाउन संस्थाको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सो सहयोग गरेको फाइनान्सले जनाएको छ ।