भारतबाट पौने ८ अर्बको तरकारी, साढे ४ अर्बको दूध र हर्लिक्स आयात

१४ जेठ, काठमाडौं । गत साउनदेखि फागुन मशान्तसम्मको आठ महिनामा भारतबाट पौने आठ अर्बको तरकारी आयात भएको छ ।

आर्थिक सर्वेक्षण २०७४/७५ अनुसार नेपालले यस अवधिमा भारतबाट सात अर्ब ६९ करोड ३ लाख रुपैयाँ मूल्य बराबरको तरकारी आयात गरेको छ ।

चालू आवमा तरकारी आयात गत आवको तुलनामा केही घटेको भने देखिएको छ । सर्वेक्षणका अनुसार गत आवको आठ महिनाकै अवधिमा नेपालले भारतबाट सात अर्ब ८८ करोड रुपैयाँको तरकारी आयात गरेको थियो ।

आन्तरिक उत्पादन कमजोर हुँदै जाँदा पछिल्ला वर्षहरूमा नेपालले मासिक करिब १ अर्ब रुपैयाँको तरकारी आयात गर्दै आएको छ । नेपाल राष्ट्र बैंकका अनुसार पाँच वर्षअघि नेपालको आयात हालको भन्दा करिब आधा कम थियो ।

आव ०६९/७० मा नेपालले करिब साढे चार अर्ब रुपैयाँ मूल्य बराबरको तरकारी भारतबाट आयात हुन्थ्यो । त्यसयता आर्थिक वर्ष ०७०/७१ मा ६ अर्ब ९७ करोड रुपैयाँको तरकारी आयात भएको थियो ।

आव ०७१/७२ मा नेपालको भारतबाटमात्रै हुने तरकारीको आयात करिब सात अर्ब ९९ करोड रुपैयाँ बराबर थियो । आव ०७२/७३ मा भने त्यस्तो आयात घटेर सात अर्ब ७२ करोड रुपैयाँ बराबर पुगेको थियो ।

आव ०७३/७४ मा भने तरकारी आयात १० अर्ब ६४ करोड रुपैयाँको भएको थियो । पछिल्ला वर्षहरूमा नेपालको तरकारी आयात व्यापार घाटाको प्रमुख पक्ष बन्दै आएको छ । तरकारीका आयात गर्ने प्रमुख अन्तर्राष्ट्रिय बजार भारत नै हो ।

भारतबाट भएको तरकारी आयातको स्थिति

आव आयात मूल्य (रु)
२०७४/७५ (फागुनसम्म) सात अर्ब ६९ करोड
२०७३/७४ १० अर्ब ६४ करोड
२०७२/७३ सात अर्ब ७२ करोड
२०७१/७२ सात अर्ब ९९ करोड
२०७०/७१ ६ अर्ब ९७ करोड
२०६९/७० चार अर्ब ५५ करोड

साढे चार अर्बको दूध र हर्लिक्स

नेपालले चालू आवको आठ महिनामै करिब साढे चार अर्ब रुपैयाँ मूल्य बराबरको दूध र हर्लिक्समात्र आयात गरेको देखिन्छ । राष्ट्र बैंकका अनुसार चालू आवको गत फागुनसम्ममा नेपालले भारतबाटमात्रै करिब चार अर्ब ५९ करोड रुपैयाँको दूध र हर्लिक्स आयात गरेको छ ।

गत आवको सोही अवधिमा यस्तो आयात तीन अर्ब ७१ अर्ब रुपैयाँ बराबर थियो । जबकी आजभन्दा ६ वर्षअघि यही वस्तुको आयात करिब ९८ अर्ब रुपैयाँ बराबरमात्रै थियो ।

भारतबाट भएको दूध तथा हर्लिक्सको आयात स्थिति

आव आयात मूल्य (रु)
२०७४/७५ (फागुनसम्म) चार अर्ब ५९ करोड
२०७३/७४ पाँच अर्ब ९० करोड
२०७२/७३ चार अर्ब ६८ करोड
२०७१/७२ चार अर्ब ६६ करोड
२०७०/७१ चार अर्ब ८३ करोड
२०६९/७० तीन अर्ब ६० करोड

सम्बन्धित सामग्री

बन्दाबन्दीमै सवा अर्बको तरकारी र फलफूल आयात

लकडाउनको समयमा भैरहवा भन्सार कार्यालयबाट हरियो तरकारी र फलफूलको आयात उच्च देखिएको छ तर प्रदेश ५ अन्तर्गत कतिपय जिल्लाका किसान आफ्नो बारीमा उत्पादन गरेको तरकारी बजारसम्म पु¥याउन नसकेर नष्ट गर्न बाध्य छन् । चालू आर्थिक वर्ष २०७६÷७७ को चैत ११ देखि जेठ २० गतेसम्म ६९ दिनको अवधिमा एक अर्ब २८ करोड ६८ लाख ९५ हजार बराबरको तरकारी तथा फलफूल बेलहिया नाकाबाट आयात भएको भन्सार कार्यालयको तथ्याङ्कले देखाएको छ ।

गोरखापत्र

९ महिनामा ४१ अर्बकाे खाद्यान्न आयात, २६ अर्बभन्दा धरैको धान चामल !

काठमाण्डाै – नेपाललाई कृषिप्रधान देश भनिए पनि, हरेक वर्ष अरबाैँ रुपैयाँ कृषिमा खर्च गरे पनि आयात भने झनै चुलिँदै गएको पाइएको छ । चालु आर्थिक वर्षको ९ महिनामा झण्डै ४१ अर्ब रुपैयाँको खाद्यान्न आयात भएको छ । भन्सार विभागका अनुसार साउनदेखि चैतसम्म ४० अर्ब ८२ करोड ३८ लाख रुपैयाँ बराबरको खाद्यान्न आयात भएको छ । ...

उज्यालो अनलाइन

वीरगंज नाकाबाट भित्रियो ६ महिनामा ३ अर्बको धान, सवा अर्बको चामल

वीरगंज : भारतबाट हुने धान र चामलको आयातमा वृद्धि हुँदै गएको छ। नेपालको लागि चाहिने चामल र धान स्वदेशमा उत्पादन हुन नसक्दा भारतबाट यसको आयात हुने क्रम बढेको हो। मुलुककै प्रमुख भन्सार नाका वीरगंजबाट गत आर्थिक वर्ष २०७५/०७६ को तुलनामा चालु आव २०७६/७७ को साउनदेखि माघ १२ सम्म १८

पहिलो पोस्ट

सवा दुई अर्बको तरकारी आयात

बाँके समाचारदाता बाँके, साउन ५ गते । नेपालगञ्ज नाका भएर भारतबाट भित्रिने तरकारीको परिमाण अत्यधिक बढेको छ । नेपालगञ्ज भन्सार कार्यालयका...

गोरखापत्र

भैरहवा नाकाबाट २ खर्ब ४६ अर्बको आयात

चालू आर्थिक वर्षको ११ महिनामा बेलहिया नाका (भैरहवा) हुँदै २ खर्ब ४६ अर्ब २५ करोड २९ लाख ७३ हजार ९ सय ७६ रुपैयाँ बराबरको सामान भारतबाट आयात भएको छ ।

कारोबार दैनिक

वीरगञ्ज नाकाबाट नौ महिनामा साढे तीन अर्बको धान आयात

पर्सा : चालु आर्थिक वर्षको नौ महिनामा वीरगञ्ज नाकाबाट साढे तीन अर्ब रुपैयाँको धान आयात भएको छ। साउनदेखि चैतसम्म तीन अर्ब ४२ करोड ६४ लाख ५४ हजार रुपैयाँको धान आयात भएको वीरगन्ज भन्सार कार्यालयले जनाएको छ। यस अवधिमा १२ करोड ३३ लाख १२ हजार ३०१ किलो धान आयात भएको छ। यो अघिल्लो वर्षको सोही अवधिको भन्दा एक करोड ५६ लाख ९५ ...

थाहा खबर

भारतबाट वार्षिक एक अर्बको तरकारी आयात

बाँके – नेपालगञ्ज नाका भएर वार्षिक झण्डै एक अर्ब रुपैयाँ बराबरको हरियो तरकारी भित्रिने गरेको छ । नेपालगञ्ज भन्सार कार्यालयका अनुसार गएको आर्थिक वर्षमा ९१ करोड ८२ लाख ८६ हजार रुपैयाँ मूल्यको तरकारी भन्सार भएर भित्रिएको छ । नेपालगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी सुबास श्रेष्ठका अनुसार गएको आर्थिक वर्षमा  ३९ ...

उज्यालो अनलाइन

८ महिनामा औषधि मात्र झण्डै २० अर्बको आयात

१४ जेठ, काठमाडौं । पछिल्लो ८ महिनामा मात्र झण्डै २० अर्बको औषधि आयात भएको पाइएको छ । र, आयात विगतका वर्षहरुमा भन्दा बढ्दो दरमा छ । आर्थिक सर्वेक्षण ०७४/७५ अनुसार चालु आर्थिक वर्ष ०७४/७५ को प्रथम आठ महिनामा भारत, चीन र तेश्रो मुलुकबाट नेपालमा कुल १९ अर्ब ८७ करोड रुपैयाँ बराबरको …

अनलाइनखबर

आठ महिनामा भारतबाट पौने ८ अर्बको तरकारी, साढे ४ अर्बको दूध र हर्लिक्स

१४ जेठ, काठमाडौं । गत साउनदेखि फागुन मशान्तसम्मको आठ महिनामा भारतबाट पौने आठ अर्बको तरकारी आयात भएको छ । आर्थिक सर्वेक्षण २०७४/७५ अनुसार नेपालले यस अवधिमा भारतबाट सात अर्ब ६९ करोड ३ लाख रुपैयाँ मूल्य बराबरको तरकारी आयात गरेको छ । चालू आवमा तरकारी आयात गत आवको तुलनामा केही घटेको भने देखिएको …

अनलाइनखबर