दैलेख– कर्णाली प्रदेशको पहाडी भूगोलमा अवस्थित दैलेख जिल्लामा परापूर्वकालदेखि खोला किनार, भिरालो पाखा र वन क्षेत्रको छेउछाउमा कटेरो हालेर बसोबास गर्दै आएका हजारौँ परिवार यतिबेला आफ्नै जमिनको मालिक बन्ने सपना र पहिचान हिनताको छटपटीबीच दिन बिताउन बाध्य छन् । राज्यले भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरण गर्ने नीति अघि सारेपछि दैलेखका कुल तीन […]
वीरगञ्ज (पर्सा) । सशस्त्र प्रहरी बल पर्साले रु १५ लाख २८ हजार बराबरको विभिन्न सामान बरामद गरेको छ । वीरगञ्ज महानगरपालिका-१६ भुटनदेवी मन्दिरस्थित सीमा इलाकामा सशस्त्र प्रहरी बल नेपाल १३ नं गण हेडक्वाटर पर्साबाट खटिएको टोलीले भारततर्फबाट अवैध रूपमा भन्सार छली गरी नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा रु नौ लाख २२ हजार ५०० बराबरको औषधि नियन्त्रणमा […]
काठमाडौँ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको अध्यक्षमा चर्चित लोकदोहोरी गायक पशुपति शर्मा निर्विरोध चयन भएका छन् । महोत्तरीको बर्दिबासमा बिहीबारदेखि जारी ९औँ केन्द्रीय महाधिवेशनमा नयाँ कार्यसमितिका विभिन्न पदका लागि उम्मेदवारी परेको थियो । अध्यक्ष पदमा शर्माको मात्र उम्मेदवारी परेपछि उनी शुक्रबार निर्विरोध निर्वाचित भएका हुन् । लामो समयदेखि नेपाली लोकसङ्गीतमा सक्रिय शर्माले […]
२३ असोज, काठमाडौं । सरकारले नवीकरणीय ऊर्जा र ऊर्जा दक्षताका लागि स्वशासित केन्द्र र दिगो ऊर्जा कोष बनाउने व्यवस्था प्रस्ताव गरेको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री मन्त्री विराजभक्त श्रेष्ठले नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी …
बनेपा – काभ्रेमा मृत्यु, दोहोरो दर्ता र नागरिकता परित्याग गरेका २ हजार ६०२ जनाको नाम मतदाता नामावलीबाट हटाइएको छ । जिल्ला निर्वाचन कार्यालयले मतदाता नामावली अद्यावधिक गर्ने क्रममा मृत्यु भएका १ हजार ४०२, दोहोरो दर्ता भएका १ हजार १९८ र नागरिकता परित्याग गरेका दुई जनाको नाम हटाएको हो । जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी नरेश मानन्धरका […]