पार्टी एकता भोलि हुन्छ : एमाले उपाध्यक्ष वामदेव गौतम

    काठमाडौं : मुलुकका प्रमुख कम्युनिस्ट पार्टीहरू नेकपा एमाले र नेकपा माअोवादी केन्द्रबीच हुने भनिएको पार्टी एकता भोलि बिहीबार अौपचारिक घोषणासँगै हुने भएको छ।

    बुधबार सम्पन्न एमाले स्थायी कमिटी बैठकपछि जानकारी दिँदै बैठकमा सहभागी एमाले उपाध्यक्ष वामदेव गौतमले बिहीबार बिहान पार्टी एकता समन्वय समितिको बैठक बसेर पार्टी एकतासम्बन्धी निर्णय गर्ने जानकारी दिए। 'दिनभर पार्टी एकताका लागि बाँकी काम हुन्छ र बेलुकी पार्टी एकताको घोषणा हुन्छ', उनले भने।

    एमाले सचिव योगेश भट्टराईका अनुसार बैठकमा पार्टी अध्यक्ष केपी शर्मा अोलीले बुधबार बिहान माअोवादी अध्यक्ष प्रचण्डसँग भएको सहमतिबारे जानकारी गराएका थिए। दुई पार्टीका अध्यक्षबीच अब बन्ने पार्टीमा ४४१ सदस्यीय केन्द्रीय समिति बनाउने सहमति भएको छ, जसमा २४१ एमालेबाट र २०० माअोवादी केन्द्रबाट रहनेछन्। यसरी नै ४३ सदस्यीय स्थायी समिति बनाउने सहमति भएको अध्यक्ष अोलीले बैठकलाई जानकारी गराएका थिए। स्थायी समितिमा २५ जना एमालेबाट र १८ जना माअोवादी केन्द्रबाट रहनेछन्।

    यसरी नै महाधिवेशनसम्म दुवै अध्यक्ष कायम रहने सहमति भएको समेत उनले जानकारी दिए। विवादमा रहेको चुनाव चिह्नबारे भने सचिव भट्टराईले सूर्य नै हुने संकेत गरे। उनले भने, 'चुनाव चिह्नचाहिँ तपाईंहरूले अनुमान गरेकै हुन्छ।'

    बुधबार बिहान एकताका विषयमा छलफल गर्न एमाले र माअोवादी केन्द्रका अध्यक्षबीच 'वान टु वान' वार्ता भएपछि एमाले स्थायी कमिटीको बैठक डाकिएको थियो। दुवै अध्यक्षले बिहीबार बिहान पार्टी संयोजन समितिको बैठक बोलाउने सहमति गरेका थिए।

सम्बन्धित सामग्री

यस्तो छ एमाले-माओवादी केन्द्र एकता घोषणाको तयारी

सत्तारूढ दल नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच आज साँझसम्ममा एकता घोषणा हुने भएको छ । बिहिबार बिहान १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने पार्टी एकता संयोजन समितिको बैठकले घोषणाको प्रक्रिया, समय र स्थान तय गर्नेछ। समितिको बैठकपछि एमाले केन्द्रीय कमिटीले त्यसलाई अनुमोदन गर्ने कार्यक्रम रहेको छ। निर्णयपछि आजै निर्वाचन आयोगमा ‘नेपाल कम्युनिष्ट पार्टी’…

सेतोपाटी

वैशाख ९ गते पार्टी एकता हुन्छ : बामदेव गौतम - Naya Patrika

एमालेका उपाध्यक्ष वामदेव गौतमले आगामी वैशाख ९ गते एकीकृत पार्टी घोषणा हुने जानकारी दिएका छन् । नेपाल कम्युनिस्ट पार्टी स्थापना भएको दिनमा नै एमाले र माओवादी केन्द्रले एकीकृत पार्टी एकताको...पूरा पढ्नुहोस् »

Naya Patrika

एकता संयोजन समितिको बैठक सुरु

काठमाडौं : एमाले-माअाेवादी केन्द्रबीच हुने भनिएको पार्टी एकताका लागि आज (सोमबार) साँझ एकता संयोजन समितिको बैठक पुन: बसिरहेको छ। पटक पटकका दुई दलका शीर्ष नेताबीचका वार्ता र संवादपछि आजको बैठकमा एकताको खाकामा हस्ताक्षर गरिने बताइएको छ। एमालेका तर्फबाट अध्यक्ष केपी शर्मा अोली, उपाध्यक्ष वामदेव गौतम, वरिष्ठ नेत...

Thaha Khabar

एमाले-माओवादी 'एक' भइसके, 'ता' जोड्न बाँकी छ : नेता गौतम

काठमाडौं : नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले माओवादी केन्द्रसँग पार्टी एक भइसकेको बताएका छन्। सिंहदरबारमा आइतबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता गौतमले एमाले-माओवादी एक भइसकेको र घोषणा हुन मात्र बाँकी रहेको बताए। उपाध्यक्ष गौतमले २ पार्टी बीचको एकता निष्कर्षमा पुग्ने र मुलुकमा संयुक्त सरकार बन्ने स्पष्ट पारे। उनले...

Thaha Khabar

​एमाले–माओवादी एकता : भोलि ब्रेक थ्रु हुने सम्भावना

काठमाडौं, फागुन १ – एमाले र माओवादीबीचको पार्टी एकता बारे बुधबार पार्टी एकता संयोजन समितिको बैठक बस्ने भएको छ ।  मंगलबार नेकपा एमालेका अध्...

UjyaaloOnline

एमाले-माओवादी मिल्न नसके ठूलो क्षति हुन्छ : उपाध्यक्ष गौतम

काठमाडौं :  एमाले उपाध्यक्ष वामदेव गौतमले नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता नभए नेपालमा कम्युनिस्टहरुका लागि ठूलो दुर्घटना हुने बताएका छन्। आइताबार प्रेस चौतारी नेपालको २०औँ स्थापना तथा पुरस्कार एवं सम्मान कार्यक्रममा उनले पार्टी एकता हुनुपर्ने र नभए त्यसले दुर्घटना निम्त्याउने बताएका हुन्।  ...

Thaha Khabar