जेनेभा- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विमान दावोस जान लाग्दा टेक अफ गरेको केही समयमै वाशिंगटन फर्कनु परेको छ। व्हाइट हाउसका अनुसार विमानमा प्राविधिक समस्या देखिएको थियो। प्रेस सेक्रेटरी क्यारोलिन लीविटले टेक अफपछि क्रुले विमानमा सानो इलेक्ट्रिकल समस्या पत्ता लगाएको बताइन्। सुरक्षाको दृष्टिले विमान फिर्ता ल्याउने निर्णय गरिएको थियो। तर ट्रम्प केही समयपछि अर्को विमानबाट दावोसका […]
बैतडी– बैतडीका ३३ मतदानस्थल अतिसंवेदनशील सूचीमा राखिएका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिनिधिसभा सदस्य निर्वाचनका लागि सुरक्षा दृष्टिकोणले १२९ मध्ये ३३ वटा मतदानस्थललाई अतिसंवेदनशील सूचीमा राखिएको हो । जिल्ला सुरक्षा समितिले अवस्था हेरेर अतिसंवेदनशील, संवेदनशील र सामान्य गरी तीन भागमा वर्गीकरण गरेको सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण थापाले जानकारी दिए । उनका अनुसार […]
काठमाडौं– काठमाडौं महानगरपालिका महानगर प्रहरी बलका प्रमुख विष्णु प्रसाद जोशीले सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाहीको दायरामा ल्याउन महानगर प्रहरीलाई निर्देशन दिएका छन् । बुधबार महानगर प्रहरी बल कार्यालयमा सम्पूर्ण सकल दर्जाका नगर प्रहरीहरूलाई सार्वजनिक क्षेत्रभित्र धूम्रपान रोक्न अभियान केही कमजोर भएको जस्तो देखिएको भन्दै प्रभावकारी रुपमा सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाहीको दायरामा ल्याउन निर्देशन दिएका […]
काठमाडाैं । निर्वाचनका कारण १० दिनमै पेट्रोल, डिजेलसहित पेट्रोलियम पदार्थको खपत २५ प्रतिशतसम्म बढ्ने सरकारी अधिकारीहरुले अनुमान गरेका छन् । नेपाल आयल निगमकाअनुसार चुनावका बेला पेट्रोलियम पदार्थ खपत ह्वातै बढ्ने भएकाले त्यसैलाइ लक्षित गरेर इन्धन व्यवस्थापनको तयारी सुरु गरिएको छ । सामान्य अवस्थामा भन्दा चाडपर्वमा जस्तै चुनावमा पनि ठूलो परिणाममा पेट्रोलियम पदार्थ खपत हुने अनुमानसहित […]