परराष्ट्रमन्त्री खड्का र चिनियाँ विदेशमन्त्रीबीच भेटवार्ता, विभिन्न सम्झौतामा हस्ताक्षर

परराष्ट्रमन्त्री खड्का र चिनियाँ विदेशमन्त्रीबीच भेटवार्ता परराष्ट्रमन्त्री नारायण खड्का र चिनियाँ विदेश मन्त्री वाङ यी बीच भेटवार्ता भएको छ । शनिवार सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटवार्तामा दुई समकक्षी मन्त्रीबीच दुई देशका विभिन्न आयामका बारे छलफल भएको मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले रातोपाटीलाई जानकारी दिइन् ।दुई मन्त्रीबीच दुई देशका सम्बन्धमा विभिन्न विषयमा सम्झौता समेत भएको छ । सम्झौताको विवरणबारे केही बेरपछि विज्ञप्तिमार्फत सार्वजनिक गरिने प्रवक्ता लम्सालले जानकारी दिइन् । उनले भनिन्&

सम्बन्धित सामग्री

परराष्ट्रमन्त्री खड्का र चिनियाँ विदेशमन्त्रीबीच भेटवार्ता, तस्बिरमा हेर्नुहोस्

परराष्ट्रमन्त्री नारायण खड्का र चिनियाँ विदेशमन्त्री वाङ यी बीच सिंहदरबारमा भेटवार्ता सुरु भएको छ । दिउँसो ४ बजे सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा मन्त्रीद्वय बीचमा भेटवार्ता सुरु भएको हो । भेटवार्तामा दुई देशबीच विभिन्न सम्झौतामा हस्ताक्षर हुने कार्यक्रम रहेको छ । परराष्ट्रमन्त्री खड्कासँग भेटघाट गरिसकेपछि पाँच बजे प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न उनी बालुवाटार जाने स्रोतले जनाएको छ ।  विदेशमन्त्री वाङले आइतबार बिहान १० बजे राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटिसकेपछि एमाले