१० अर्बको विकास ऋणपत्र विक्री गर्ने योजनामा नेपाल राष्ट्र बैंक

फागुन ७, काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आइतवार १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र विक्री गर्ने भएको छ। केन्द्रीय बैंकले सरकारलाई आवश्यक रकम जुटाउनका लागि विकास ऋणपत्र जारी गर्न लागेको हो। सोमवार निष्कासन हुने विकास ऋणपत्र २०८३ ’च’ को अवधि पाँच वर्षे अवधिको रहेको छ। बोलकबोल प्रक्रियाबाट विक्री हुने उत्तः ऋणपत्र खरीद गर्नका लागि बैंक तथा वित्तीय संस्था,गैर बैंक वित्तीय संस्था,बीमा कम्पनी,संगठित संस्था तथा नेपाली नागरिकले आवेदन दिन पाउने छन्।  इच्छुक खरीदकर्ता प्रतिस्पर्धी र अप्रतिस्पर्धी दुवै रुपमा सहभागी हुन सक्नेछन्। प्रतिस्पर्धी खरीदकर्तालाई निष्कासित रकमको ८५ प्रतिशत अर्थात् ८ अर्ब ५० करोड रुपैयाँ छुट्याइएको छ भने अप्रतिस्पर्धी खरीदकर्तालाई १५ प्रतिशत अर्थात् १ अर्ब ५० करोड रुपैयाँ छुट्याइएको छ। इच्छुक लगानीकर्ताले सोमवार दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ सफ्टवेयर मार्फत बोलपत्र पेश गर्नुपर्नेछ। ऋणपत्रमा न्यूनतम ५० हजार र बढीमा निष्कासित रकमको सीमा नबढाई ५० हजारले भाग गर्दा निःशेष भाग जाने अंकसम्म माग गर्न सकिनेछ। ऋणपत्र यही फागुन ८ गते निष्कासन हुनेछ भने २०८३ फागुन ९ गते सावा भुक्तानी हुनेछ। विकास ऋणपत्रका ब्याजदर भने बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ भने अर्धवार्षिक रुपमा ब्याज भुक्तानी हुने राष्ट्र बैंकले बनतएको छ। 

सम्बन्धित सामग्री

विकास ऋणपत्र बोलकबोल मार्फत ७ अर्ब आन्तरिक ऋण उठाउँदै

२४ माघ, काठमाडौं । सरकारले विकास ऋणपत्र बोलकबोल मार्फत ७ अर्ब आन्तरिक ऋण उठाउने भएको छ । २५ माघ बिहीबार ८ वर्ष अवधिको विकास ऋणपत्र बोलकबोल मार्फत ८ अर्ब आन्तरिक ऋण परिचालन हुने नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले जनाएको छ । विकास ऋणपत्र २०८८ ‘ज’ नाम दिएको उक्त ऋणपत्र बिहीबार बोलकबोल भएर शुक्रबार निष्कासन […]

७ अर्ब आन्तरिक ऋण उठाउँदै सरकार

१८ मंसिर, काठमाडौं । नेपाल सरकारले १९ मंसिरमा ७ अर्ब आन्तरिक ऋण उठाउने भएको छ । नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले विकास ऋणपत्र बोलकबोल मार्फत ७ अर्ब आन्तरिक ऋण उठाउने भएको हो । विकास ऋणपत्र २०८८‘च’ नाम दिएको उक्त ऋणपत्रको अवधि ८ वर्ष रहेको छ । चालु आर्थिक वर्षमा २ खर्ब ४० अर्ब आन्तरिक […]

दोस्रो त्रैमासमा ३१ अर्ब आन्तरिक ऋण उठाउँदै सरकार

५ मंसिर काठमाडौं । चालु आर्थिक वर्ष (आव)को पहिलो त्रैमासमा करिब १ खर्ब आन्तरिक ऋण परिचालन गरेको सरकारले दोस्रो त्रैमासमा भने ३१ अर्ब मात्रै आन्तरिक ऋण परिचालन गर्ने भएको छ । नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले सार्वजनिक गरेको आन्तरिक ऋण बोलकबोल तालिका अनुसार दोस्रो त्रैमासमा ट्रेजरी बिल मार्फत १० अर्ब र विकास ऋणपत्र मार्फत […]

१० अर्बको विकास ऋणपत्र जारी गर्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले १० अर्ब बराबरको विकास ऋणपत्र २०८६ (च) जारी गर्ने भएको छ । नेपाल सरकारको तर्फबाट नेपाल राष्ट्र बैंक, मौद्रिक व्यवस्थापन विभागद्वारा विशेषता, प्रक्रिया एवं शर्तहरु सहित ६ वर्ष अवधिको विकास ऋणपत्र २०८६‘च’ बोलकबोल प्रक्रियाद्वारा निष्काशन गरिने भएको हो । भने, बोलकबोलमार्फत असार २२ (शुक्रवार) अपराह्न ३ः०० बजेसम्म खुल्ला गरिएको छ […]

सरकारले विकास ऋणपत्रमार्फत १० अर्ब आन्तरिक ऋण उठाउने

१ जेठ, काठमाडौं । नेपाल सरकारले विकास ऋणपत्र मार्फत १० अर्ब आन्तरिक ऋण परिचालन गर्ने भएको छ । २ जेठमा ५ वर्ष अवधिको १० अर्बको विकास ऋणपत्र बोकबोलका लागि नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले …

तरलता सहज भएपछि ट्रेजरी बिल्सको ब्याजदर पनि घट्यो

काठमाडौं । बैंक, वित्तीय संस्थामा तरलता (Liquidity)  सहज भएपछि ट्रेजरी बिल्स (treasury bill) को ब्याजदर पनि घटेको छ । नेपाल राष्ट्र बैंक (Nepal Rastra Bank) ले सोमवार विभिन्न अवधिका गरी कुल २४ अर्ब ७० करोड रुपैयाँ बराबरको ट्रेजरीका लागि बोलकबोल आह्वान गरेकोमा बैंक (Bank) हरूले अघिल्लो साताको भन्दा ब्याजदर (Interest Rate) घटाएर खरीद गरेका हुन् ।  राष्ट्र बैंक (NRB)ले सोमवार २८ दिनको ५ अर्ब, ९१ दिनको ७ अर्ब ७० करोड, १८२ दिनको ५ अर्ब र ३६४ दिनको ७ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल्सका लागि बोलकबोल आह्वान गरेको थियो । त्यसमध्ये २८ दिने ट्रेजरीमा ८ दशमलव ३३ प्रतिशत, ९१ दिनेमा ९ दशमलव ६३, १८२ दिनेमा ९ दशमलव ६५ र ३६४ दिनेमा ९ दशमलव ५५ प्रतिशत औसत ब्याजदर कायम भएको राष्ट्र बैंकले जानकारी दिएको छ ।  अघिल्लो साता २८ दिनको ट्रेजरीमा ८ दशमलव ५४ प्रतिशत, ९१ र १८२ दिनकोमा ९ दशमलव ७९ तथा ३६४ दिनकोमा ९ दशमलव ६४ प्रतिशत औसत ब्याजदर कायम भएको थियो । बजारमा तरलताको अवस्था सहज भए पनि कर्जा प्रवाह नभएपछि बैंकहरूले ब्याजदर घटाएर भए पनि ट्रेजरीमा लगानी गरेका हुन् ।  चालू आर्थिक वर्षका लागि केन्द्रीय बैंकले कसिलो मौद्रिक नीति जारी गर्दै नीतिगत दरहरू बढाएपछि बैंकको ब्याजदर महँगो भएको थियो । सोही कारण सरकारले मौद्रिक उपकरणमार्फत उठाउने आन्तरिक ऋणको ब्याज पनि महँगो भएको थियो । पछिल्लो समय तरलताको अवस्था सहज हुनुका साथै ब्याज घटाउने केन्द्रीय बैंकको नीतिका कारण ट्रेजरीलगायत उपकरणको ब्याजदर घट्न थालेको छ ।  व्यवसायीको विरोधसँगै प्रधानमन्त्री र अर्थमन्त्रीको दबाबमा बैंक, वित्तीय संस्थाले वैशाखमा निक्षेप र कर्जाको ब्याजदर घटाएका छन् । वाणिज्य बैंकहरूले वैशाखदेखि मुद्दती निक्षेपको अधिकतम ब्याजदरमा एकल अंक (९ दशमलव ९९ प्रतिशत) कायम गरेका छन्  । ट्रेजरी बिल्स सरकारले १ महीना वा त्यसभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन ऋणपत्र हो । सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको स्रोत जुटाउन ट्रेजरी बिल्स विक्री गरिन्छ ।  तरलता अवस्था सहज हुँदा बैंकहरूको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ८५ दशमलव २० प्रतिशतमा झरेको छ । यस्तै अन्तरबैंक ब्याजदर पनि ७ प्रतिशत छ । तरलता सहज भएपछि बैंकहरूले राष्ट्र बैंकबाट लिने ओभरनाइट रिपो र स्थायी तरलता सुविधा (एसएलएफ) लिने क्रमसमेत घटेको छ ।  गत आर्थिक वर्षसम्म सरकारको आन्तरिक ऋण ९ खर्ब ८४ अर्ब रुपैयाँ रहेको छ । यस्तै चालू आवमा सरकारले २ खर्ब ५६ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य राखेको छ । त्यसमध्ये दोस्रो त्रैमासमा ३० अर्ब र तेस्रो त्रैमासमा ८८ अर्ब ऋण उठाएको छ ।  चौथो त्रैमासमा १ खर्ब ३८ अर्ब ७९ करोड ऋण उठाउन बाँकी छ । यसमध्ये ट्रेजरी बिल्सबाट ७५ अर्ब, विकास ऋणपत्र (debenture)बाट ६० अर्ब, विकास ऋणपत्रबाट २ अर्ब ८२ करोड र वैदेशिक रोजगारबाट ९७ करोड उठाउने सरकार (Government)को लक्ष्य छ ।

राष्ट्र बैंकद्वारा १५ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र जारी

नेपाल राष्ट्र बैंक मंगलबार १५ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र जारी गरेको छ । बैंकले चार वर्षका लागि विकास ऋणपत्र २०८३ ‘छ’ जारी गरेको हो । इच्छुक खरिदकर्ता बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले आज दिउँसो ३ बजेभित्र ऋणपत्रका लागि आवेदन दिन सक्नेछन् । उक्त ऋणपत्रको आजै दिउँसो ३ बजे बाँडफाँड गरिने बैंकले जनाएको छ । इच्छुक खरीदकर्ताले घटीमा ५० हजारदेखि बढीमा कुल निष्कासित रकमको सीमामा नबढाई ५० हजारले भाग गर्दा नि

साढे ९ अर्बको विकास ऋणपत्र विक्री गर्दै नेपाल राष्ट्र बैंक

माघ २४, काठमाडौं । नेपाल राष्ट्र बैंकले ९ अर्ब ५० करोड रुपैयाँको विकास ऋणपत्र विक्री गर्ने भएको छ । केन्द्रीय बैंकले चालू आर्थिक वर्षमा सरकारको लक्ष्यअनुसार आन्तरिक ऋण उठाउने क्रममा फेरि २ वर्षे अवधिको विकास ऋणपत्र विक्री गर्न लागेको हो । ‘विकास ऋणपत्र २०७८’ (च) नामक उक्त ऋणपत्र मंगलवार बोलकबोल हुने र भोलिपल्ट बुधवार विक्री हुने छ । केन्द्रीय बैंकले यसअघि १०/ १० अर्ब रुपैयाँको क्रमशः २ वर्षे र ४ वर्षे अवधिको विकास ऋणपत्र विक्री गरिसकेको छ । चालू आर्थिक वर्षको तेस्रो त्रैमासभित्र ( चैत मसान्तसम्म) सरकारले १ खर्ब ५० करोड रुपैयाँ आन्तरिक ऋण उठाउने तयारी गरिरहेको छ ।  चालू आर्थिक वर्षको बजेटमार्फत सरकारले कुल २ खर्ब ३९ अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउने लक्ष्य राखेको छ ।

१५ अर्ब बराबरको विकास ऋणपत्र विक्री गर्ने तयारीमा नेपाल राष्ट्र बैंक

असार २१, काठमाडौं । नेपाल राष्ट्र बैंकले रू. १५ अर्ब बराबरको विकास ऋणपत्र विक्री गर्ने भएको छ । राष्ट्र बैंकले पाँच वर्षे अवधिको विकास ऋणपत्र २०८३ ङ नामको ऋणपत्र विक्री गर्न  लागेको हो । उक्त ऋणपत्रको ब्याजदर बोलकबोल माध्यमबाट निर्धारण हुनेछ ।  ऋणपत्रको बोलकबोल मंगलवार दिउँसो ३ बजे हुनेछ । असार २३ गते निष्कासन भएर उक्त ऋणपत्रको साँवा २०८३ असार २३ गते भुक्तानी हुने केन्द्रीय बैंकले बताएको छ । उक्त ऋणपत्र बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बीमा कम्पनी ,संगठित संस्था तथा नेपाली नागरिकले खरीद गर्न सक्नेछन् ।  इच्छुक खरीदकर्ताले राष्ट्र बैंकको राष्ट्र ऋण व्यवस्थापन विभागमा आवेदन दिनुपर्नेछ ।   खरीदकर्ता प्रतिस्पर्धी र अप्रतिस्पर्धी रुपमा सहभागि हन सक्नेछन् । प्रतिस्पर्धी खरीदकर्तालाई निष्कासन रकमको ८५ प्रतिशत अर्थात् रू. १२ अर्ब ७५ करोड छुट्याइएको छ भने अप्रतिस्पर्धीका लागि १५ प्रतिशत अर्थात् रू. २ अर्ब २५ करोड छुट्याएको पनि उसले बताएको छ ।