अजोड इन्स्योरेन्सको धितोपत्र कारोबार जाँचबुझ

अजोड इन्स्योरेन्स लिमिटेडको हकप्रद सेयर निष्कासन गर्ने सूचना सार्वजनिक हुनुअघि नै धितोपत्र कारोबारमा वृद्धि भएको सम्बन्धमा विभिन्न सञ्चार माध्यममा आएका समाचार तथा बोर्डमा प्राप्त गुनासा सम्बन्धमा बोर्डको ध्यानाकर्षण भएको छ । सो सम्बन्धमा बोर्डले ०७७ चैत १८ गते सोसम्बन्धी कारोबारको अवस्था, प्रारम्भिक सुपरिवेक्षणमा देखिएको विवरण तथा कारोबारसम्बन्धी विवरण बोर्डमा पेश गर्न नेपाल स्टक एक्सचेञ्जलाई पत्राचार […]

सम्बन्धित सामग्री

अजोड इन्स्योरेन्सको शेयर रजिष्ट्रारमा कुमारी क्यापिटल नियुक्त

अजोड इन्स्योरेन्स लिमिटेडको शेयर रजिष्ट्रारमा कुमारी क्यापिटल नियुक्त भएको छ । अजोड इन्स्योरेन्स लिमिटेड र कुमारी क्यापिटल लिमिटेड बीच शेयर रजिष्ट्रार सम्बन्धी सम्पूर्ण कार्य गर्नको लागि सम्झौता भएको हो। सम्झौतामा कुमारी क्यापिटल लिमिटेडका तर्फबाट अश्विन बाबु श्रेष्ठ र अजोड इन्स्योरेन्स लिमिटेडको तर्फबाट कुमार बहादुर खत्रीले हस्ताक्षर गरेका छन्। सम्झौता सँगै अब धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, शेयर दाखिल खारेज गर्ने, नामसारी गर्ने र शेयरधनिहरुको लगत अद्यावधिक गरी राख्ने सम्बन्धी सम्पूर्ण कार्यहरु कुमारी क्यापिटल लिमिटेड, नागपोखरी, नक्साल, काठमाण्डौं मार्फत उपलब्ध गराउने क्यापिटलले जनाएको छ ।

अजोड इन्स्योरेन्सको कारोबारमा छानबिन गरिने

नेपाल धितोपत्र बोर्डले अजोड इन्स्योरेन्स लिमिटेडको धितोपत्र कारोबार सम्बन्धमा अध्ययन गर्न  निर्देशकको संयोजकत्वमा एक छानबिन समिति गठन गरेको छ ।     यही चैत १६ गते भएको कारोबारमा कैफियत देखिएको भन्दै बोर्डले उक्त छानबिन समिति गठन गरेको सहप्रवक्ता रुपेश केसीले जानकारी दिए ।    सो कम्पनी...

अजोड इन्स्योरेन्सको कारोबारमा छानबिन गरिने

काठमाडौं । नेपाल धितोपत्र बोर्डले अजोड इन्स्योरेन्स लिमिटेडको धितोपत्र कारोबार सम्बन्धमा अध्ययन गर्न  निर्देशकको संयोजकत्वमा एक छानबिन समिति गठन गरेको छ ।  यही चैत १६ गते भएको कारोबारमा कैफियत देखिएको भन्दै बोर्डले उक्त छानबिन समिति गठन गरेको सहप्रवक्ता रुपेश केसीले जानकारी दिए ।सो कम्पनीको हकप्रद शेयर निष्काशन गर्ने...