कर्मचारीले सके भत्तामा ९ अर्ब, लुगामा ३ अर्ब !

३ वैशाख, काठमाडौं । आर्थिक वर्ष ०७३/७४ मा सरकारले कर्मचारीका लागि भत्ता र अन्य सुविधामा २१ अर्ब रुपैयाँ खर्च गरेको छ । करिब ३८ प्रतिशतले कर्मचारीको तलब खर्च वृद्धि गरेको सरकारले अन्य सुविधामा पनि ३१ प्रतिशतले वृद्धि गर्दा खर्च बढेको हो ।

सरकारी कर्मचारीहरुको भ्रमणमा मात्रै एक सय १९ प्रतिशतले वृद्धि भएको छ । तीन शीर्षकमा प्रस्तुत गरिएको भ्रमण खर्च अन्तरगत विशिष्ट व्यक्ति र प्रतिनिधि मण्डलको भ्रमण खर्चमा भने पाचँ प्रतिशतले वृद्धि भएको हो । भ्रमण खर्च र अन्य भ्रमण खर्चमा क्रमशः एक सय २३ र एक सय ४१ प्रतिशतले वृद्धि भएको हो ।

अर्थ मन्त्रालयले सार्वजनिक गरेको वाषिर्क प्रगति मूल्यांकन प्रतिवेदन अनुसार कुल भ्रमण खर्च एक अर्ब रुपैयाँबाट वृद्धि भएर दुई अर्ब २८ करोड रुपैयाँ पुगेको छ ।

भत्तामा ९ अर्ब खर्च

भत्ता शीर्षकमा मात्रै नौ अर्ब ५६ करोड रुपैयाँ सरकारी खर्च भएको हो । अन्य भत्ता र स्थलगत भ्रमण भत्तामा सरकारले क्रमशः चार अर्ब ६९ करोड र २१ करोड रुपैयाँ खर्चिएको हो ।

यी शीर्षकमा ५८ देखि ८७ प्रतिशतले वृद्धि भएको हो । महंगी भत्तामा सरकारले तीन अर्ब २६ करोड रुपैयाँ र कर्मचारीलाई स्थानीय क्षेत्रमा जाँदा दिइने भत्तामा एक अर्ब ३८ करोड खर्च गरेको छ ।

औषधोपचारमा ६ अर्ब २३ करोड

सेवामा रहेका र निवृत्त हुँदा कर्मचारीले सरकारबाट ६ अर्ब २३ करोड रुपैयाँ औषधोपचारको रुपमा प्राप्त गरेका छन् । वहालवाला कर्मचारीले सरकारबाट ३५ करोड रुपैयाँ यस शीर्षकअन्तरगत बुझेका छन् भने निवृत्त हुँदा पाँच अर्ब ८७ करोड रुपैयाँ बुझोका हुन् ।

‘औषधोपचारमा गएको खर्च निजामति सेवाको वृत्तिविकास अन्तरगतकै खर्च हो । यो खर्च घटाउन सकिँदैन, बरु बढाउनुपर्छ,’ अर्थमन्त्रालयका प्रवक्ता अर्जुनप्रसाद पोखरेलले बताए । सरकारले जस्तोसुकै स्वास्थ उपचारको जिम्मेवारी लिनुभन्दा निश्चित रकम तोकेरै दिइने यो व्यवस्था राम्रो भएको र अन्य मुलुकमा पनि यस्तो अभ्यास रहेको पोखरेलको भनाइ छ ।

२५ वर्ष सेवा गरेका कर्मचारीहरुले सेवा अवधिमा पाउने औषधोपचार वापतको रकम पुरै नलिएको अवस्थामा निवृत्त हुँदा बाँकी रकम एकमुष्ट लिन पाउने व्यवस्था छ ।

पोशाक र खाद्यान्नमा १६ अर्ब ९२ करोड

सरकारले कर्मचारी र सेना प्रहरीलगायतको पोशाक तथा खाद्यान्नमा १६ अर्ब ९२ करोड रुपैयाँ खर्च गरेको छ । सरकारले पोशाकमा ३ अर्ब १८ करोड र खाद्यान्नमा १३ अर्ब ७४ करोड खर्च गरेको छ ।

प्रहरी, कारागार लगायतमा समेत खाद्यान्न वापत खर्च हुने प्रवत्ता पोखरेलले उल्लेख गरे ।

गत आव ०७३/७४ मा १० खर्ब १८ अर्ब रुपैयाँको बजेट ल्याएको सरकारले कर्मचारीको तलब लगायतका अन्य सुविधामा मात्रै एक खर्ब २१ अर्ब रुपैयाँ खर्च गरेको छ । यो कुल बजेटको साढे ११ प्रतिशत हो ।

सम्बन्धित सामग्री

कर्मचारी सञ्चय कोषको मुनाफा साढे चार अर्ब

कर्मचारी सञ्चय कोषले आर्थिक वर्ष २०७५÷७६ मा मुनाफा रकम ५१ करोड अर्थात् १२.८३ प्रतिशतले वृद्धि गरी चार अर्ब ४५ करोड पु¥याएको छ । कोषले बुधबार अर्थमन्त्री डा. युवराज खतिवडासमक्ष बुझाएको वार्षिक प्रतिवेदनअनुसार कुल आम्दानीमा तीन अर्ब २५ करोड अर्थात् १२.१७ प्रतिशतले वृद्धि भएर २९ अर्ब ९६ करोड पुगेको हो । यसैगरी कोषको कुल वित्तीय स्रोतमा ३० अर्ब ३९ करोड अर्थात् ९.७४ प्रतिशतले वृद्धि भएर तीन खर्ब ४२ अर्ब ४० करोड पुगेको छ ।

गोरखापत्र

कर्मचारी र पदाधिकारीको तीनमहिने खर्च: तलब र भत्तामा ४१ अर्ब

काठमाडौं : चालु आर्थिक वर्षको तीन महिनासम्म अर्थात् साउन, भदौ र असोज महिनामा कर्मचारी र उच्च-पदस्थ पदाधिकारीको तलब र भत्तामा ४१ अर्ब रुपैयाँभन्दा बढीको खर्च भएको छ। त्यस्तै करार कर्मचारीको सेवा र परामर्श तथा शेवा शुल्कको लागिसमेत भुक्तानी रकमलाई हेर्दा ४४ अर्ब रुपैयाँ खर्च भएको महालेखा नियन्त्रक कार्यालयको तथ्य...

थाहा खबर

३ वर्षपछि कर्मचारीको तलब २० प्रतिशतले बढ्यो

काठमाण्डाै - सरकारले सरकारी कर्मचारीको तलब बढाएको छ । आर्थिक बर्ष २०७६-७७ को लागि सार्वजनिक भएको बजेटमा सरकारी कर्मचारीको तलव २० प्रतिशतले बढेको छ । आउँदाे आर्थिक वर्षमा राजपत्र अनंकितकाे २० तथा अंकितकाे लागि १८ प्रतिशत तलब बढाइएकाे छ । आर्थिक वर्ष २०७३-७४ मा सरकारले कर्मचारीको तलव २५ प्रतिशत बढाएको थियो ।  ...

उज्यालो अनलाइन

बजेटः कर्मचारीको तलब २० र १८ प्रतिशतले बढ्यो

काठमाडौं । सरकारले ७६ साल साउन १ गतेदेखि लागू हुने गरी राजपत्रांकित (.अधिकृतदेखि माथिका) कर्मचारीका लागि १८ र राजपत्रअनंकित कर्मचारीका लागि २० प्रतिशतले तलब वृद्धि गरेको छ ।  आर्थिक वर्ष २०७६/७७ को ...

नेपाल आज

कर्मचारीको अनुत्पादक खर्च कटौती, १५ अर्ब जोगिने

काठमाडौं : सरकारले राष्ट्रसेवक कर्मचारीको विभिन्न भत्ता, अनुगमन, भ्रमण, कार्यक्रमलगायत विभिन्न अनुत्पादक शीर्षकका बजेटमा कटौती गरेको छ । विभिन्न अनुत्पादक खर्च कटौती गर्दा झण्डै १५ अर्ब रुपैयाँ बचत हु

अन्नपुर्ण पोस्ट

निजामती कर्मचारीको भत्ता कटौती

काठमाडौं : सरकारले कर्मचारीले पाउने महँगी भत्ता र स्थानीय भत्ताबाहेक सबै प्रकारका भत्ता कटौती गरेको छ। कर्मचारीका विविध भत्तामा मात्रै वार्षिक अर्बौं रुपैयाँ खर्च भए पनि उपलब्धि नभएको ठहर गर्दै महँगी र स्थानीयबाहेक सबै भत्ता कटौती गर्ने निर्णय गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता विनोदबहादुर कुँवरले जानकारी दिए।...

थाहा खबर

वर्षमा भत्ता र भ्रमणमा २२ अर्ब सक्छन् सरकारी कर्मचारी

काठमाडौं । सरकारी कर्मचारी र उच्चपदस्थहरूले गत वर्ष मात्र तलबबाहेक २२ अर्ब रुपैयाँभन्दा बढी रकम राष्ट्रिय ढुकुटीबाट खर्च गरेका छन्। सेवा प्रवाहको सवालमा सधैं जनगुनासाको घेरामा पर्दै आइरहेका कर्मचारी अतिरिक्त सुविधाप्रति अझै ...

नेपाल आज

कर्मचारीको भत्ता र पोसाकमै सकिन्छ राज्यको ढुकुटी

काठमाडौं । आर्थिक वर्ष ०७३-७४ मा सरकारले कर्मचारीका लागि भत्ता र अन्य सुविधामा २१ अर्ब रुपैयाँ खर्च गरेको छ । करिब ३८ प्रतिशतले कर्मचारीको तलब खर्च वृद्धि गरेको सरकारले अन्य सुविधामा ...

नेपाल आज

चार हजार कर्मचारीले रोजे स्वेच्छिक अवकाश, आठ अर्ब खर्च लाग्ने अनुमान

१४ फागुन, काठमाडौं । सरकारले ल्याएको स्वेच्छिक अवकाश योजनामा झण्डै ४ हजार निजामती कर्मचारीले रुची देखाएका छन् । ५० वर्ष उमेर र २० वर्ष सेवाअवधि पुगेका कर्मचारीका लागि ल्याइएको यस योजनामा आवेदन दिने अन्तिम दिन आइतबारसम्म तीन हजार सात सय ४८ जनाले निवेदन दिएका सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । १७ प्रतिशतले …

OnlineKhabar