रिभर फल्स पावरको आईपीओ खरीदका लागि आवेदन दिने आज अन्तिम दिन

जेठ ४, काठमाडौं । वैशाख २८ गतेदेखि सार्वजनिक निष्कासनमा आएको रिभर फल्स पावरको आईपीओ खरीदका लागि आवेदन दिने आज (बुधवार) अन्तिम दिन रहेको छ । कम्पनीको आईपीओमा मंगलवारसम्म मागभन्दा ६ दशमलव ९३ गुणा बढी आवेदन परिसकेको छ । सिडिएस एण्ड क्लियरिङले दिएको जानकारी अनुसार मंगलवार साँझसम्म १५ लाख १७ हजार २८ जनाबाट रू. १ अर्ब ७५ करोड ९२ लाख ९२ हजार रुपैयाँ बराबरको १ करोड ७५ लाख ९२ हजार ९२० कित्ताको शेयर खरीद माग भएको हो । कम्पनीले सर्वसाधारणमा प्रतिकित्ता १०० रुपैयाँ अंकित दरको २७ लाख ३० हजार कित्ता शेयर विक्री खुला गरेको हो । कुल कित्तामध्ये २ प्रतिशत अर्थात् ५४ हजार ६०० कित्ता कर्मचारीका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात् १ लाख ३६ हजार ५०० कित्ता सामूहिक लगानी कोषमा बाँडफाँट गरिसकिएको छ । बाँकी २५ लाख ३८ हजार ९०० कित्ता शेयर भने सार्वजनिक निष्कासनमा आएको हो । आवेदकले उक्त आईपीओका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।   यो आईपीओ विक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै सम्पूर्ण सि–आस्बा सेवा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट यो आईपीओ खरीदका लागि आवेदन दिन सकिनेछ । साथै मेरो शेयर सफ्टवेयर र मेरो शेयर एपको माध्यमबाट पनि आवेदन दिन सकिने व्यवस्था छ । हाल संस्थापकतर्फ ५१ प्रतिशत बराबरको ३५ करोड ७० लाख रुपैयाँ चुक्तापूँजी कायम रहेको कम्पनीको सर्वसाधारणमा आईपीओ जारी पश्चात यो पूँजी ७० करोड रुपैयाँ पुग्नेछ । आर्थिक वर्ष ०७७/७८ सम्म कम्पनीको वास्तविक वित्तीय विवरण अनुसार प्रतिशेयर नेटवर्थ ८७ रुपैयाँ ९८ पैसा रहेको छ । त्यसैगरी कम्पनीको प्रतिशेयर आम्दानी माइनस दुई रुपैयाँ ३६ पैसा छ ।

सम्बन्धित सामग्री

रिभर फल्स पावरको आईपीओ भर्ने आज अन्तिम दिन, मागभन्दा सात गुणा बढी आवेदन

काठमाडौं। रिभर फल्स पावर लिमिटेडको आइपीओका लागि आवेदन दिने बुधबार अन्तिम दिन हो। बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार मागभन्दा बढी आवेदन

स्थानीयमा जारी गरिएको रिभर फल्स पावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

वैशाख ११, काठमाडौं । चैत २७ गतेदेखि विक्रीमा आएको रिभर फल्स पावर लिमिटेडको आईपीओ खरीदका लागि आवेदन दिने आज (आइतवार) अन्तिम दिन रहेको छ ।  कम्पनीले आयोजना प्रभावित क्षेत्र अर्थात् संखुवासभा जिल्लाका बासिन्दाहरुका लागि प्रतिशेयर रू. १०० अंकित मूल्यको रू. ७ करोड बराबरको ७ लाख कित्ता साधारण शेयर निष्कासन गरेको हो ।  यो आईपीओमा माग बमोजिम आवेदन परिसकेकाले छिटो अवधि वैशाख ११ गतेसम्म मात्र विक्री गर्न लागिएको जानकारी विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडले दिएको छ । यो अवधिसम्म माग बमोजिम आवेदन नपरेको अवस्थामा भने वैशाख २६ गतेसम्म विक्री खुला गर्ने मिति तय भएको थियो ।  आईपीओ खरीदका लागि रिभर फल्स पावर लिमिटेडको आयोजना कार्यालय, संखुवासभा, प्राइम कमर्सियल बैंकको खाँदवारी, तुम्लिङटार र सभापोखरी शाखा, प्रभु बैंकको खाँदवारी शाखा र ग्लोबल आइएमई बैंकको खाँदवारी र चैनपुर शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । यसका साथै नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिने व्यवस्था छ ।  यो शेयर खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम एक लाख कित्तासम्मका लागि आवेदन दिन सकिने व्यवस्था छ । आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा कम्पनीलाई केयर रेटिङ्ग नेपालले केयर एनपी डबल बी माइनस आईएस रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ । कम्पनीले संखुवासभा जिल्लामा १० दशमलव ३० मेगावाट क्षमताको पिपुवाखोला साना जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।  आगामी असार मसान्तसम्म आयोजनको निर्माण कार्य सम्पन्न गर्ने योजना कम्पनीको छ । यस योजनाको कुल अनुमानित लागत प्रति मेगावाट रू. १८ करोड ६ लाख १५ हजार रहेको छ । कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थ आर्थिक वर्ष ०७७/७८ सम्म वास्तविक वित्तीय विवरण अनुसार कम्पनी रू. ८७ दशमलव ९८ रहेको छ । यहि वास्तविक प्रतिशेयर नेटवर्थदेखि तीन गुणासम्मको मूल्यरेञ्ज पहिलो शेयर कारोबारका लागि नेप्सेले प्रदान गर्नेछ ।